साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (२४)

अनेकौं नक्कली धन्धा काम लाग्छ सिके पनि । हुन्छ योग्य खसीबोका जस्तो आफै बिके पनि । देशको ढुकुटी रित्तो पार्न सक्ने भए कला । त्यो अयोग्य हुँदैहुन्न लागे मुद्दा र मामिला ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

मलाई प्रहरी खोज्थ्यो पस्थेँ म वनजङ्गल
खन्थेँ म प्रहरी पार्न पासो थापेर खाडल (२७१)

भनिन्थ्यो गाउँलेलाई प्रजातन्त्र दिने भनी
गाउँलेकै भकारीको झिक्यौँ खायौं दनादनी (२७२)

कुरा शान्ति सुरक्षाको हिंसाको काम गर्छु म
यस्ता कामहरू गर्न चाँडै अगाडि सर्छु म (२७३)

धेरै कष्ट गरी मार्न सिकेँ ठट्टा नठान यो
गाई मारेँ गधा पोसेँ मैहूँ सिपालु ज्ञानको (२७४)

अर्काका घरमा हात हाल्ने हिम्मत आउँछ
बहादुरी गरे जस्तो लाग्छ आत्मा रमाउँछ (२७५)

बारम्बार परे जेल साह्रै आनन्द मान्छु म
यो विद्यावारिधी भन्दा उत्तम शिक्षा ठान्छु म (२७६)

जेलपर्दै गए धेरै योग्यता हुन्छ मापन
कारागार नटेकेका अयोग्य हुन् सबैजन (२७७)

परेको छैन जो जेल हेपिन्छ त्यो जतापनि
पक्कै फ्याकिन्छ त्यो मान्छे नाथे अयोग्य यो भनी (२७८)

योग्य पार्न सबैलाई जेलमा कोच्नु पर्दछ
कर्तव्य ज्यानको मुद्दा लागे योग्य ठहर्दछ (२७९)

केही जान्दै नजान्नेले ढुकेर लुट सम्पति
मन्त्री बन्न भयो योग्री काटमार सिकेपछी (२८०)

जान्नेहरू उँभो जान्छन् गर्छ सम्मान लोकले
माथि जानेहरूलाई पिरोल्न थाल्छ भोकले (२८१)

केही अयोग्यता भाग्छ झुठो बोल्ने गर्‍यो भने
केहीअयोग्यता भाग्छ सोझो पासो पर्‍यो भने (२८२)

काम लाग्छ कुनैबेला लामो हात गरे पनि
योग्य हुन्छ उही मान्छे चोर्न अघि सरे पनि (२८३)

अनेकौं नक्कली धन्धा काम लाग्छ सिके पनि
हुन्छ योग्य खसीबोका जस्तो आफै बिके पनि (२८४)

देशको ढुकुटी रित्तो पार्न सक्ने भए कला
त्यो अयोग्य हुँदैहुन्न लागे मुद्दा र मामिला (२८५)
क्रमशः

०००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x