साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थलानै बसाए

गरौँ काम भन्ने भुले स्वार्थ भक्त बनाए अझै देशलाई अशक्त ॥ बडो आसले भोट हाले पठाए गए माथि चौपट्ट पारे ठटाए कमाए, थमाए, रमाए, हँसाए र यो देशलाई थलानै बसाए ॥

Nepal Telecom ad

हेम अधिकारी :

यहाँ देशको हेर चिन्ता हुँदैन
पदैमात्र खाने, नपाई हुँदैन
दलैदल् दलैदल् भए हेर दल्दल्
पदैमा सधैँ गर्दछन् ठालु खल्बल् ॥

कता के छ चाला सबै स्वार्थमा छन्
मिले मन्त्रि आफ्नो दलै चट्ट छाड्छन्
बिहानै कता हो दिनैमा कता हो
र साँझै परे फेरि पुग्ने कता हो ॥

न टुङ्गो छ नेता कता पुग्छ कैले
भुले भोट दाता, भुले काम ऐले
भनेको कसो के, थियो भोट माग्दा
कमाऊ भयो आज सम्पूर्ण धन्दा ॥

हगे थाल भित्रै र चाटे सिनित्तै
बनाए भुँडी ढुस्स भो भित्र भित्रै
गरौँ काम भन्ने भुले स्वार्थ भक्त
बनाए अझै देशलाई अशक्त ॥

बडो आसले भोट हाले पठाए
गए माथि चौपट्ट पारे ठटाए
कमाए, थमाए, रमाए, हँसाए
र यो देशलाई थलानै बसाए ॥

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धनमहिमा

धनमहिमा

हेम अधिकारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x