साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एउटा कि दुइटै

मेरो मनमा के आयो आयो भाञ्जा ! प्याट्ट भने “एउटा कि दुइटै ।” उनी यस्ति देखिइन् यी त साक्षात चण्डी हुन अथवा काली । मेरो साते पुत्लो जाला जस्तो भो । अनि यसरी डराउँदै भाग्न परेन त... !

Nepal Telecom ad

मुक्तिनाथ शर्मा :

भर्खर भर्खरको कुरा हो म कुनै विषय पहिल्याई तेसैमा लागि भुलेर समय बिताउने सोचमा थिएँ । तर विषय पाइरहेको थिइन । यस्तैमा परबाट एकजना मान्छे आउँदै गरेको देखे । अल्लि नजिक आएपछि त पत्ता लगाउन गाह्रै भएन । यसको खास कारण के त भने मामाको पेसा बेसार नै हो लुकाएर लुक्दै लुक्दैन । कसै गरे पनि बेसारको पहेलो दाग मेटिन निकै गाह्राे हुँदोरहेछ । जति पटक लुगा धोए पनि दाग रहित नहुने रहेछ ।

अहिलेको अवस्थामा हाम्रा मिश्रमामा जस्तै ल्याङ्रे, दुःखी दाखि र असभ्य प्रकृतिका मान्छे अरु सायद छैनन यो समाजमा । देखे भेटेको छैन मैले । यी त बेसार सुक्रि बिक्री कर्ता हुन, लुगा त्यति धेरै धुँदैनन् । धोए पनि राम्रोसँग नजाँदो पनि रहेछ बेसारको दाग । फेरि उ त एउटा गाउँबासी परे । शहरमा सुहाउन समय लागिहाल्दो रहेछ । यसो हेर्दा त साँच्चैको हाँस्य पात्र जस्तो ।

मैले त परैबाट ठम्याएँ मिश्रमामालाई । उहाँ मेरै घर हेर्दै हस्याङ र फस्याङ गर्दै आउदै थिए । मेरो गेटबाट प्रवेश गरिहाले । तर आज मामा मलाई सम्बोधन गरेर म तिर आएनन् । उ त पर्खालको छेल परेर थुचुक्क बसे । म तिर यसो हेरे अनि आफ्नै हात आफ्नै मुखमा राखिल “चुप” को इसारा गरेर घोप्टो परे ।
मामाको अवस्था देखेर क्यारूँ कसो गरूँ कोमाथि… जस्तै भएँ ।

सरासर गएर मामालाई ढाडस दिदै भने “अब नडराउनुहोस मामा, अब तपाईंलाई तपाईंका आङका जुम्राले टोक्ला लामखुट्टे भगाउन खोजेर गाला पड्काउदा आफैँलाई केही दुख्ला वा केही होला तर त्यो बाहेक अरु कसैले तपाईंलाई गर्दैन गर्न सक्दैन गर्न पाउँदैन ।

मामा जुरुक्क उठ्नुभो र आज भएको खास घटना यसरी भन्नुभो- आज बेसार चाँडैनै सबै बिक्यो । भगवानको कृपा भनेर भगवान सम्झेँ । यसो उता पट्टि हेरेको त एउटी परम सुन्दरी महिला देखेँ । मेरो बैसालुपन आएर बास बसेछ मेरो तनमा । हिम्मत गरेर पहिले नमस्कार गरेँ उताबाट पनि नमस्कार आयो । म फुरुङ्ग भएँ । उ मन्दिर भित्र पसिन्, म मुख मिठ्याउदै मन्दिर बाहिर पर्खीरहेँ । उनी मन्दिरबाट बाहिरिइन् । हजुरबाले पनि दर्शन गर्नु भो नि हैन भनेर सोधिन् । हजुरबा भनेकोमा मेरो रिस जुरुक्क उठेको थियो तर पनि हासेरै जवाफ दिएँ अँ गरे ।
उनी म नजिक आउँदासम्म खुब हेरे उनलाई । मैले भने शिवजीको मन्दिरभित्र गएर दर्शन गर्दा दूध पनि, चढाउनु पर्छ नि चढाइयो ?
उनले भनिन – “अँ चढाएँ ।”
मेरो मनमा के आयो आयो भाञ्जा ! प्याट्ट भने “एउटा कि दुइटै ।”
उनी यस्ति देखिइन् यी त साक्षात चण्डी हुन अथवा काली । मेरो साते पुत्लो जाला जस्तो भो । अनि यसरी डराउँदै भाग्न परेन त… !

०००
बानेश्वर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x