साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आत्मवृत्तान्त

ध्वस्त पार्न, जानियो, सप्रिने बिगारियो मन्त्रमुग्ध, पारियो, फाइदा उठाइयो । दिक्क लाग्छ, सम्झिँदा, भन्न यो लजाइयो भक्तिभाव, सिद्धिँदा, भ्रष्ट भै गनाइयो ॥

Nepal Telecom ad

हृषीकेश बराल :

रिक्त हात, आउँदा, भोकले सताइयो
पेट भर्न, पाउँदा, हर्षले रमाइयो ।
मातृ काख, दूधमा, स्नेहले खुशाइयो
भक्तिभाव, सिद्धिँदा, भ्रष्ट भै गनाइयो ॥१

भूमिमाथि, आउँदा, प्राणले चिनाइयो
हुर्किएर, जिन्दगी, नामले पुकारियो ।
यो शरीर, सासको, नाममा बिताइयो
भक्तिभाव, सिद्धिँदा, भ्रष्ट भै गनाइयो ॥२

मांसपिण्ड, पाल्नमा, ध्यान यो लगाइयो
इष्टमित्र, बिर्सिँदै, द्रव्य नै कमाइयो ।
भाइबन्धु, शोषियो, द्वन्द्व झन् बढाइयो
भक्तिभाव, सिद्धिँदा, भ्रष्ट भै गनाइयो ॥३

लाज शर्म, धर्मका, बात यी पचाइयो
पाप पुण्य, बिर्सिँदै, स्वार्थ नै भजाइयो ।
पुत्र पौत्र, पुत्रिका, श्रीमती उठाइयो
भक्तिभाव, सिद्धिँदा, भ्रष्ट भै गनाइयो ॥४

जात गोत्र, खोजिने, मान्यता मिलाइयो
राख्नुहुन्न, बाहिरी, भित्रकै बनाइयो ।
हुन्न भन्न, थाल्छ जो, शीघ्र ऊ हटाइयो
भक्तिभाव, सिद्धिँदा, भ्रष्ट भै गनाइयो ॥५

अन्य मूक, अन्ध छन्, बोल्छ जो सताइयो
फूर्त्तित गर्छ, जो यहाँ, छानियो ठटाइयो ।
न्यायमूर्ति त, जो थियो, गेहमै थुनाइयो
भक्तिभाव, सिद्धिँदा, भ्रष्ट भै गनाइयो ॥६

अर्थतन्त्र, शोषिँदै, बन्धुमा खुवाइयो
दीन हीन, दन्किँदो, अग्निमा जलाइयो ।
हेप्नुसम्म, हेपियो, मस्तले बजाइयो
भक्तिभाव, सिद्धिँदा, भ्रष्ट भै गनाइयो ॥७

ध्वस्त पार्न, जानियो, सप्रिने बिगारियो
मन्त्रमुग्ध, पारियो, फाइदा उठाइयो ।
दिक्क लाग्छ, सम्झिँदा, भन्न यो लजाइयो
भक्तिभाव, सिद्धिँदा, भ्रष्ट भै गनाइयो ॥८

०००
पोखरा-२६, कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन यस्तो भने ?

किन यस्तो भने ?

हृषीकेश बराल
हो देश सर्वोपरि

हो देश सर्वोपरि

हृषीकेश बराल
देशको अवस्था

देशको अवस्था

हृषीकेश बराल
जीवनको अस्थिरता

जीवनको अस्थिरता

हृषीकेश बराल
जानकारी (२)

जानकारी (२)

हृषीकेश बराल
जानकारी (१)

जानकारी (१)

हृषीकेश बराल
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x