साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (२७)

यही सिद्धान्त टेकेर दाता पगाल्न पाइने यही सिद्धान्त हो आफ्ना नातागोता अघाइने । छोराछोरी यसैले हो ढुक्कसँग पढाइने हजारौं फाइदा देखेँ यही सिद्धान्तमा हिंडेँ ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

तस्कर साथमा राखी राज्य सम्पन्न पार्छु म
बाटो राम्रै निकालेर घरबार सपार्छु म (३१६)

सबैको हितमा यस्तै काम गर्छु अझै पनि
झुठो बोल्दा ठग्यो भन्ने मान्छेनै लाग्छ बैगुनी (३१७)

यस्तै कर्म गरौं लाग्छ सधै पोल्टो भरेपछी
बेलैमा काम थाल्ने हो हुन्न बेला टरेपछी (३१८)

मेरो यस्तै कलाबाट बैरीकासँग मेल भो
बिरोधि ब्यर्थमा भन्छन् नराम्रो चलखेल भो (३१९)

यस्तै खेल सके खेल्न दिलाउँला विभूषण
भोको पेट भरेकोछु गर्न जान्दिन शोषण (३२०)

चोली बेच्ने समातेर चेली बेच्ने छुटाउँछु
सुन चोर्ने लुकाएर नुन बेच्ने कुटाउँछु( ३२१)

कामभन्दा कुरा ज्यादा गर्दा आनन्द आउँछ
र उच्च पदमा पुग्न कुरालेनै सघाउँछ (३२२)

हुँदैन हर्षको सीमा यो सौभाग्य मिल्यो भने
स्वार्थ पूरा भए हुन्छ केको सिद्धान्त सम्झने (३२३)

आफू राम्रो हुने मेरो सिद्धान्त कति उत्तम
मेरो सिद्धान्तले काम गरेकैछ धमाधम (३२४)

औंला बङ्ग्याउने काम सिद्धान्तभित्र पर्दछ
यस्तो कुरा नबुझ्नेले मात्रै बिरोध गर्दछ (३२५)

आफ्नो सिद्धान्तमा डेग चल्न ठ्याक्कै म जान्दिनँ
यो सिद्धान्त नराम्रो होभन्ने विस्वास मान्दिन (३२६)

यही सिद्धान्तले अर्बौं मौका दिन्छ कमाउन
यही सिद्धान्त चाहिन्छ विदेशतिर धाउन (३२७)

यही सिद्धान्त टेकेर दाता पगाल्न पाइने
यही सिद्धान्त हो आफ्ना नातागोता अघाइने (३२८)

छोराछोरी यसैले हो ढुक्कसँग पढाइने
हजारौं फाइदा देखेँ यही सिद्धान्तमा हिंडेँ (३२९)

मलाई नमिठो लाग्छ सिद्धान्त के पढाउछौ
म अग्लोछु अरु बाठा भएर किन आउछौ (३३०)

०००
चाँगुनारायण, भक्तपुर,

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x