साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कति भोट हाल्छौ

यो देश रुन्छ जहिले तर छैन चासो फाल्छन् सधैँ गरिबका घरभित्र पासो हात्तीहरू अब सधैँ किन व्यर्थ पाल्छौ हे बुद्धु मूर्ख जनता कति भोट हाल्छौ ।

Nepal Telecom ad

बिन्दु दहाल मूकदर्शक :

ढाँट्छन् सधैँ मुलुकमा अतिचार नेता
बेच्छन् सधैँ मुलुकका युवती र केटा
यस्ता हुँडार धमिरा किन व्यर्थ पाल्छौ
हे बुद्धु मूर्ख जनता कति भोट हाल्छौ ।

पार्छन् सखाप जहिले पनि देश हाम्रो
बाटो विकास नहुँदा धरती नराम्रो
लुट्छन् सधैँ मुलुक यो किन व्यर्थ पाल्छौ
हे बुद्धु मूर्ख जनता कति भोट हाल्छौ ।

हार्नेहरू सदनमा सब तान्न थाल्छन्
राँगो बनी सदनमा नित हान्न थाल्छ्न्
उस्तै सबै हरिप छन् किन व्यर्थ पाल्छौ
हे बुद्धु मूर्ख जनता कति भोट हाल्छौ ।

खाए नदी वनहरू दुनियाँ समाज
पढ्छ्न् तिनै तर लुकी जहिले नमाज
गीता र वेद सबको चरु हाल्नथाल्छन्
यी बुद्धु मूर्ख जनता कति भोट हाल्छन् ।

यो देश रुन्छ जहिले तर छैन चासो
फाल्छन् सधैँ गरिबका घरभित्र पासो
हात्तीहरू अब सधैँ किन व्यर्थ पाल्छौ
हे बुद्धु मूर्ख जनता कति भोट हाल्छौ ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हामी

हामी

बिन्दु दहाल ‘मूकदर्शक’
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x