साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वातावरण दिवस जिन्दावाद !

विदेश यत्रा जिन्दावाद ! वृक्ष रोपण जिन्दावाद ! रोपेका बिरुवा जिन्दावाद ! ढल मिसिएका नदी जिन्दावाद ! नेताको भाषण जिन्दावाद ! हाकिमको थपडी जिन्दावाद ! दाताको पैसा जिन्दावाद !

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

डाँडाको टुप्पामा टावर जिन्दावाद !
वन मासेर केबुलकार जिन्दावाद!
वन्य जन्तुको बास फाडेर
विजुलीको सुरुङ्ग जिन्दावाद !
निकुञ्ज मासेर होटल जिन्दावाद !
केक काटेर वातावरण दिवस जिन्दावाद !

खोलाको बगरै बगर बस्ती जिन्दावाद!
जङ्गल मासेर मन्दिर जिन्दावाद !
चौतारो काटेर बाटो जिन्दावाद जिन्दावाद !
गैडा, हात्ती विदेश निकासी जिन्दावाद !
रिबन काटेर वातावरण दिवस जिन्दावाद !

गरिब जनता जिन्दावाद !
बाढी पहिरो जिन्दावाद !
धनजनको क्षती जिन्दावाद !
दाताको पैसा जिन्दावाद !
भोका,नङ्गा जनता जिन्दावाद !
भोजभतेर गरेर वातावरण दिवस जिन्दावाद !

विदेश यत्रा जिन्दावाद !
वृक्ष रोपण जिन्दावाद !
रोपेका बिरुवा जिन्दावाद !
ढल मिसिएका नदी जिन्दावाद !
नेताको भाषण जिन्दावाद !
हाकिमको थपडी जिन्दावाद !
दाताको पैसा जिन्दावाद !
केक काटेर वातावरण दिवस जिन्दावाद !
जिन्दावाद ! जिन्दावाद !
वातावरण दिवस जिन्दावाद !

०००
गोरखा हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x