साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबा फर्कि आउ घर

तिम्रा ती सजिएका छन बाबा लुगा र फाटाहरू रङ्गी रहेका छन बाबा हाम्रा आँशुका टाटाहरू । निष्कपट छल गरेर बाबा छोडी गयौ नि किन जहाँ छौ तिमी भन त बाबा आउछौ नि हामी लिन ।

Nepal Telecom ad

विश्वनाथ ढुङ्गेल :

हाँसी खेली रमेका छन् बाबा गाउँ वर र पर ।
रित्तो भयोनी बाबा तिमी नहुदा घर ।
तिम्रै यादले होला बाबा रुन्छिन् आमा धर धर
आमाकै आँशु पुछन भए पनि बाबा आउन फर्कि घर ।

रोई रोई बसेका छौ बाबा मुन्टो लुकाई तर
छैननी सजी सजाउ बाबा तिमी बिना यो घर ।
छोडी गयौ तिमीले बाबा हाम्रो पनि को छर
हाम्रा खुशी दिलाउन वावा फर्केर आउ घर ।

सपना त ठूलो थियो नि बाबा थियो नि बेग्लै रहर
तिमी नहुँदा ऐले बाबा सुनसान भयोनि घर ।
निर्मल थियो नि मिठास बोली बाबा थिए निडर
एकपटक तिम्रो मुख हेरौँ बाबा आउन फर्कि घर ।

घास पराल दाउरा खोज न बाबा आमा लिई साथमा
घरको दियो निभी गयो नि बाबा बस्छौँ हामी रातमा ।
यी हातका लालिपप पनि बाबा खान्थ्यौँ नि बाँडी चुसी
इरादा थियो नि बाबा हाँस्ने र खेल्ने खुशी ।

तिम्रा ती सजिएका तस्विरले बाबा बोलेझैँ लागेको
गुन्जिएका कनकले सुन्दछ बाबा बाबुु भनि डाकेको
तिमी बिना यो जीवन बाबा जसरी खड्कियो हेर
के गरी ओत्ने यो झरीमा बाबा कच्चा छ हाम्रो घर ।

तिम्रा ती सजिएका छन बाबा लुगा र फाटाहरू
रङ्गी रहेका छन बाबा हाम्रा आँशुका टाटाहरू ।
निष्कपट छल गरेर बाबा छोडी गयौ नि किन
जहाँ छौ तिमी भन त बाबा आउछौ नि हामी लिन ।

तिम्रो आज मुख हेर्ने दिनमा बाबा तस्विर हेर्नै पर्‍यो
निर्मोही बन्यौ नि बाबा बाबालाई कसले हर्‍यो ।
टुहुरा भयौ नि हामी बाबा आमा भइन् मुर्छित
सबैका लागि थियौँ नि बाबा हँसिला ती लक्षित ।

०००
सूर्यविनायक, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्याईं सङ्घर्ष

बुढ्याईं सङ्घर्ष

विश्वनाथ ढुङ्गेल
आमा (१)

आमा (१)

विश्वनाथ ढुङ्गेल
गर्छाैं पुकार

गर्छाैं पुकार

विश्वनाथ ढुङ्गेल
बुढेस कालमा रमाएर

बुढेस कालमा रमाएर

विश्वनाथ ढुङ्गेल
फलैंचाकाे बास !

फलैंचाकाे बास !

विश्वनाथ ढुङ्गेल
पापकाे भारी

पापकाे भारी

विश्वनाथ ढुङ्गेल
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x