साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनाउँछन् आफैँ

पाप कौशीबाट कराउँछ भन्छन् जान्ने बुझ्नेहरू अनि चिसो सिँढीमा सुहागरात मनाउँछन् आफैँ ।

Nepal Telecom ad

मरुभूमि नारायण :

कोही मजाले भत्काउँछन् कोही बनाउँछन् आफैँ ।
कोही मरेर त यहाँ कोही जिउदै गनाउँछन् आफैँ ।

हल्लाउने पनि तेस्तै हल्लिने पनि तेस्तै तेस्तै छन्
तामझाम सहित दैलोमा डङ्गुर खन्याउँछन् आफैँ ।

भ्याकुतो भन्दा कडा उफ्रिने र उफाने थुप्रै छन्
अर्काको जिउमा लुतो आउँदा कन्याउँछन आफैँ ।

यी आफूलाई महिला पुरुष दुवै भएको ठान्दछन्
र पनि वेवहारले साँच्चै नपुंसक जनाउँछन् आफैँ ।

पाप कौशीबाट कराउँछ भन्छन् जान्ने बुझ्नेहरू
अनि चिसो सिँढीमा सुहागरात मनाउँछन् आफैँ ।

०००
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
0
Would love your thoughts, please comment.x
()
x