साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ जमाना

बुद्धका नाति हौँ बुद्धु बन्दै गयौँ । योग अध्यात्मको मार्ग भुल्ने भयौँ । काग हो यो जमाना कुदे जो पछि । जोड विज्ञानमा ज्ञानको सङ्गति ।

Nepal Telecom ad

विष्णुहरि पौडेल :

छैन जाँतो, ढिकी उप्किए ओखल ।
धर्मशाला, गुठी, मासिए सत्तल ।
वेद बूढो भयो, चल्छ कम्प्यूटर ।
नेटमा खोजियो शास्त्रको उत्तर ।१।

छैन टुप्पी, जनै भैसके पास्टर ।
तीनपाने लिने नै भए मास्टर ।
पोषिलो हुन्छ अण्डा बतासे सही ।
दूधको चाहना छैन ताजा दही ।२।

व्यस्त छन् जिन्दगी कामको चाप छ ।
सम्पती जोड्नमै होड सन्ताप छ ।
लोभमा पापमा व्यस्त व्यापार छ ।
तस्करीतन्त्रमा मस्त सर्कार छ ।३।

न्याय मर्दै गयो चर्कियो बेथिती ।
मासियो देशको सम्पदा संस्कृति ।
गाउँमा रम्न छोड्यो युवाको मन ।
भित्रियो देशमा पश्चिमी पैह्रन ।४।

देश राम्रो थियो शान्तिमा निर्भर ।
युध्दले भत्कियो बुध्दको यो घर ।
ज्ञानको छाहरी आज को दिन्छ र ?
टाइ विज्ञानकै भिर्दछन् जन्तर ।५।

चेतना,प्राण विज्ञानले भर्छ र ?
वस्तुवादी कहाँ भेट्तछन् ईश्वर ।
वेधशाला बने बाहिरी भौतिक ।
नेट जोड्दैन विज्ञान आत्मासित ।६।

शून्य हो विश्व ब्रह्माण्डको कारण ।
सृष्टिको बीज ॐ मन्त्र उच्चारण ।
मास्न खोज्छन् यहाँ ब्रह्म ॐ अक्षर ।
सूर्यमा सुन्छ नासा यही ॐ स्वर ।७।

बुद्धका नाति हौँ बुद्धु बन्दै गयौँ ।
योग अध्यात्मको मार्ग भुल्ने भयौँ ।
काग हो यो जमाना कुदे जो पछि ।
जोड विज्ञानमा ज्ञानको सङ्गति ।८।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गलगाँड भयो

गलगाँड भयो

विष्णुहरि पाैडेल
भोकतन्त्र

भोकतन्त्र

विष्णुहरि पाैडेल
देश बरवाद भयो

देश बरवाद भयो

विष्णुहरि पाैडेल
आधुनिक शिक्षा

आधुनिक शिक्षा

विष्णुहरि पाैडेल
आशाको आत्मदाह

आशाको आत्मदाह

विष्णुहरि पाैडेल
मूल्याङ्कन

मूल्याङ्कन

विष्णुहरि पाैडेल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x