साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रिय खेल चल-खेल !

हामी सबैले राष्ट्रिय खेलको, गरिमा बढाऔँ । राष्ट्रिय खेलको अपमान नगरौँ । गाउँ-गाउँबाट चलखेल खेलौँ । बस्ती-बस्तीमा चलखेल खेलौँ । गस्ती-गस्तीमा चलखेल खेलौँ ।

Nepal Telecom ad

गायत्री लम्साल :

मज्जाको खेल, मात्र खेल्न जान्नुपर्छ
कहिल्यै हार्दै हारिँदैन ।
कुरा सिधा छ ।
चलखेल भन्नाले
नगद पैसाको खेल,
अमूल्य धातुको खेल,
बेच्न नमिल्ने तर सजिलै बेचिने
जनावरहरूको खेल,
लुट्न मिल्ने जति सबै नगदेबालीको खेल
यी र यी जस्तै सबै चल सम्पत्तिको खेल ॥

आजभोलि त अझ, चलखेलभित्र
नागरिकता बेच्ने खेल,
नागरिकलाई शरणार्थी बनाएर बेच्ने खेल,
मुलुकको सिमाना बेच्ने खेल,
सबैलाई चलखेल भनिन्छ ।
त्यसैले हो यस खेललाई
राष्ट्रिय खेल मानिएको ।
हजारौँ खेलहरूबाट यसलाई
राष्ट्रिय खेलमा छानिएको ।

आदरणीय मान्यवर,
यस खेलभित्र सङ्गठित अपराध खेलिन्छ ।
मानव बेचविखन खेलिन्छ ।
डनको फुटबल पनि चल्छ,
गनको फायरिङ पनि चल्छ ।
लागुपदार्थ दुरव्यसनी यसैको हाँगो हो
अझ भित्र छिर्दै जाँदा,
अल्छीहरूले खेल्ने खेल,
काम नगर्ने जाँगर भएकाले खेल्ने खेल,
नैतिकता र सदाचार गुमाएका
असल मानिसहरू सबैले खेल्ने खेल
सबैलाई एउटै डालोमा राखेर
राष्ट्रिय खेल चलखेल भएको हो ।
जुन खेल खेले पनि,
हामी सबैलाई चाहिने,
खेल भनेको चल हो ।
चलखेल नै हाम्रो मुलुकलाई
झ्याप्पै समृद्ध बनाउने मल हो ।

हामी सबैले राष्ट्रिय खेलको,
गरिमा बढाऔँ ।
राष्ट्रिय खेलको अपमान नगरौँ ।
गाउँ-गाउँबाट चलखेल खेलौँ ।
बस्ती-बस्तीमा चलखेल खेलौँ ।
गस्ती-गस्तीमा चलखेल खेलौँ ।
आफू र आफ्ना पन्ध्र पुस्तालाई
चल भन्ने कुरो प्रशस्त कमाउँ ।
त्यसैको लागि हामी सबै
यही चलखेल खेल्नमा रमाऔँ । ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
बोक्सीका ताजा बात– (६)

बोक्सीका ताजा बात– (६)

गायत्री परिरोशनी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x