साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उत्पात भो

कालो मात्र मिठो भयो धन सबै के राक्षसी जात भो नाङ्गै नाच छ नर्तकी असल हूँ के नक्कली बात भो ! कत्रो हो मुख पेट गर्धन नली आहारको खात भो खाई मस्त भएँ सबै मुलुक नै उत्पात उत्पात भो ।

Nepal Telecom ad

हेम अधिकारी :

उत्पात भो मेरो देश बनाउनेछु म भनी उफ्रेर भन्ने
म हो आफैँ मात्र बडो अरू तलतिरै देख्ने र गन्ने
म हो पीडामा जनका रमेर महिमा आफ्नै पढन्ते म हो
आफ्नो भाग भनेर तुच्छ रहमा डुब्ने भँडन्ते म हो ।१

खालो खास सरेन देश दिनहूँ पाताल झार्ने म हो
आफैँ मालिक हूँ गुथेर पगरी आकाश चुम्ने म हो
भासिन्छन् जन आर्तका कहरमा देख्तैनदेख्ने म हो
खोक्र्याई जननी सकी सब गुदी बोक्र्याउने नै म हो ।२

मासी गौरव त्यो अतीत युगको भत्काउने पात्र हो
सारा सल्बल जादु खल्बल गरी हच्काउने मात्र हो
भन्ने एक कुरा अरू गुरुहरू थाप्ने महाछात्र हो
केही दर्शन छैन भन्छु गुरु हूँ मै कामु वा सार्त्र हो ?३

आफ्नै देश डुबाउने दिनदिनै बढ्दो छ बित्पात यो
खाई देश अघाउदीन मतुवा कस्तो कडा मात यो ।
छैनन् गाउँ उजाड छन् जनहरू रित्ता घरै घात भो
के चण्डाल भएँ, गयो सब गयो बर्बाद बर्बाद भो ।४

कालो मात्र मिठो भयो धन सबै के राक्षसी जात भो
नाङ्गै नाच छ नर्तकी असल हूँ के नक्कली बात भो !
कत्रो हो मुख पेट गर्धन नली आहारको खात भो
खाई मस्त भएँ सबै मुलुक नै उत्पात उत्पात भो ।५

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
घुर्मैला सपनाहरू

घुर्मैला सपनाहरू

हेम अधिकारी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x