साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेकार छन् (३)

भाषा भेष रिवाज संस्कृति भुले चैतन्य बेकार छन् गल्ती नै नगरी सजाय दिइने इन्साफ बेकार छन् । लाइन्नन् फरिया घलेक पटुकी पोशाक बेकार छन् पाउन्नन् यदि आर्त्त मद्दत भने चीत्कार बेकार छन ॥

Nepal Telecom ad

हृषीकेश बराल :

रोगी डाक्टर वैद्यले जति दिऊन् सल्लाह बेकार छन्
आफ्नै नैतिकता चरित्र नहुने विद्वान् त बेकार छन् ।
खाना पौष्टिकतत्त्वपूणर् नभए खाद्यान्न बेकार छन्
सत्ता मात्र लिँदा कुकर्म गरिने सिद्धान्त बेकार छन् ॥११

आफ्नै तीर्थ सबै उपेक्षित भए अन्यत्र बेकार छन्
पैठारी नघटाउने जति खुलून् उद्योग बेकार छन् ।
मौका आउँछ पर्खिदैन नबुझे प्रारब्ध बेकार छन्
हस्तक्षेप विरुद्ध बोल्न नसके लाचार बेकार छन् ॥१२

सञ्चो रोग हुँदैन घट्तछ न ता भैषज्य बेकार छन्
जान्दैनन् दिन खोज्दछन् लिन भने ती हात बेकार छन् ।
राम्रो शील तथा स्वभाव नभए शृङ्गार बेकार छन्
टिक्तैनन् यदि एक वर्ष पिच ती निर्माण बेकार छन् ॥१३

भाषा भेष रिवाज संस्कृति भुले चैतन्य बेकार छन्
गल्ती नै नगरी सजाय दिइने इन्साफ बेकार छन् ।
लाइन्नन् फरिया घलेक पटुकी पोशाक बेकार छन्
पाउन्नन् यदि आर्त्त मद्दत भने चीत्कार बेकार छन ॥१४

हत्याको अभियुक्त छुट्तछ भने ती ऐन बेकार छन्
संवैधानिक मर्म बुझ्न नसके माफी त बेकार छन् ।
निर्दोषी कमजोर मात्र थुनिने अन्याय बेकार छन्
बाँचुन्जेल घृणा मरेपछि रुने नेत्राम्बु बेकार छन् ॥१५
क्रमशः

०००
पोखरा -२६, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
किन यस्तो भने ?

किन यस्तो भने ?

हृषीकेश बराल
हो देश सर्वोपरि

हो देश सर्वोपरि

हृषीकेश बराल
देशको अवस्था

देशको अवस्था

हृषीकेश बराल
जीवनको अस्थिरता

जीवनको अस्थिरता

हृषीकेश बराल
जानकारी (२)

जानकारी (२)

हृषीकेश बराल
जानकारी (१)

जानकारी (१)

हृषीकेश बराल
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
कहाँ छ प्रतिशाेध ?

कहाँ छ प्रतिशाेध ?

चन्द्रप्रसाद न्याैपाने
शैतानको बगान

शैतानको बगान

प्रा. कपिल अज्ञात
गधा र मेरो यात्रा

गधा र मेरो यात्रा

तिला लेकाली
0
Would love your thoughts, please comment.x
()
x