साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेकार छन् (४)

मागी खान सदैव पल्किन गए कर्मिष्ठ बेकार छन् अर्काको कपडा खुसीसित लिने आसक्ति बेकार छन् । उल्टो ज्ञान सिकाउने गुरु सबै आचार्य बेकार छन् बिन्ती ढोग जदौ प्रणाम नगरे सत्कार बेकार छन् ॥

Nepal Telecom ad

हृषीकेश बराल :

लेख्छन् पक्ष विपक्षमा खबर जो सञ्चार बेकार छन्
दिन्नन् ती अधिकोषले ऋण भने चाहिन्न बेकार छन् ।
आफ्ना निम्ति छ राजनीति जसको वैरित्व बेकार छन्
ज्ञानीले उपदेश बाँड्न नसके शास्त्रज्ञ बेकार छन् ॥१६

गीता वेद पुराण शास्त्र नबुझे अध्यात्म बेकार छन्
जान्दैनन् ग्रह कुण्डली फल भने दैवज्ञ बेकार छन् ।
श्रोता दर्शक हीन मञ्च उभिँदा वक्ता त बेकार छन्
अत्याचार गरी धनार्जित भए जोगिन्न बेकार छन् ॥१७

पेशा बन्दछ राजनीति जसको हुन् भ्रष्ट बेकार छन्
खोज्छन् सत्य लुकाउँछन् गठित छन् आयोग बेकार छन् ।
बाँचुन्जेल भुली मरेपछि दिने सम्मान बेकार छन्
नारा लाग्दछ साम्प्रदायिक भने धुर्त्याइँ बेकार छन् ॥१८

पैठारी उपभोग्य वस्तु गरिँदा आयात बेकार छन्
स्वार्थी दुच्छर वा अनैतिक बढे शालीन बेकार छन् ।
घट्तै आस्तिक वृद्धि नास्तिक भए वेदान्त बेकार छन्
केही धारण शक्ति छैन जसमा दृष्टान्त बेकार छन् ॥१९

मागी खान सदैव पल्किन गए कर्मिष्ठ बेकार छन्
अर्काको कपडा खुसीसित लिने आसक्ति बेकार छन् ।
उल्टो ज्ञान सिकाउने गुरु सबै आचार्य बेकार छन्
बिन्ती ढोग जदौ प्रणाम नगरे सत्कार बेकार छन् ॥२०
क्रमशः

०००
पोखरा -२६ कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन यस्तो भने ?

किन यस्तो भने ?

हृषीकेश बराल
हो देश सर्वोपरि

हो देश सर्वोपरि

हृषीकेश बराल
देशको अवस्था

देशको अवस्था

हृषीकेश बराल
जीवनको अस्थिरता

जीवनको अस्थिरता

हृषीकेश बराल
जानकारी (२)

जानकारी (२)

हृषीकेश बराल
जानकारी (१)

जानकारी (१)

हृषीकेश बराल
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x