साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो जिन्दगी

“अबको मेरो जिन्दगी भनेको साहित्य सिर्जनाका लागि हुनेछ जसले अन्याय, अत्याचार, भ्रष्टाचार र अनावश्यक नियन्त्रणका विरुद्ध जनमत तयार गर्नेछ” श्रीधरले आफ्नो योजना सुनाए ।

Nepal Telecom ad

श्रीप्रसाद पोखरेल :

“१० वर्षसम्म त सबैले खेलौना जस्तै खेलाए । १५ वर्ष त स्कुल, कलेज पढ्दै सिद्धियो । ३० वर्ष अरुको चाकरीमै बिताएँ । ढिलो बिहे गरिएछ ६० वर्षको उमेर सम्म छोराछोरी र श्रीमतीलाई चाट्दै बित्यो । अब भन त मेरो चैँ जिन्दगी खोई ?”

“ए श्रीधर ! जिन्दगी नै यही हो नि” विश्वकान्तले भने ।
“के मेरो जिन्दगी मेरो खुशी हुँदैन ? सबै मेरो जीवनलाई नियन्त्रण गर्न खोज्छन् ।” श्रीधर बुढेसकालको वेदना पोख्छन् ।
“श्रीधर ! अब यो बुढेसकालमा के स्वतन्त्रता खोजेको ? मन्दिर जाउ, धर्मकर्म गर । साथीहरूसँग जाउ दिनभर म जस्तै तास खेल । दिन कटाउनु त छनि” विश्वकान्तले दिन कटनीको उपाय सुझाए ।
“साथी ! तीस वर्ष स्कुलमा पढाएर तिमीले जानेको दिन कटाउने उपाय यही हो ?” श्रीधरले व्यङ्ग्य गरे ।

“सरकारले अब बसेर खाउ भनेर बिदा दिएपछि के गर्छौ त श्रीधर ?” विश्वकान्तले लाचारी व्यक्त गरे ।
“मित्र ! यी अङ्गप्रत्यङ्ग चलुञ्जेल केही न केही गर । केही सक्दैनौ भने गाँउका छिमेकका साना नानीहरूलाई अनुशासित बनाउ” श्रीधरले प्रहार गरे ।

तिमी चैँ के गर्ने सोचमा छौ त ? विश्वकान्तले जिज्ञासालाई अगाडि बढाए ।
“अबको मेरो जिन्दगी भनेको साहित्य सिर्जनाका लागि हुनेछ जसले अन्याय, अत्याचार, भ्रष्टाचार र
अनावश्यक नियन्त्रणका विरुद्ध जनमत तयार गर्नेछ” श्रीधरले आफ्नो योजना सुनाए ।

०००
इटहरी, सुनसरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
बिर्सिएको आयु

बिर्सिएको आयु

श्रीप्रसाद पाेखरेल
उपाय

उपाय

श्रीप्रसाद पाेखरेल
अवस्था

अवस्था

श्रीप्रसाद पाेखरेल
अनुत्तरित क्षण

अनुत्तरित क्षण

श्रीप्रसाद पाेखरेल
पुस्तक के गर्ने ?

पुस्तक के गर्ने ?

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x