श्रीप्रसाद पाेखरेलमेरो जिन्दगी
“अबको मेरो जिन्दगी भनेको साहित्य सिर्जनाका लागि हुनेछ जसले अन्याय, अत्याचार, भ्रष्टाचार र अनावश्यक नियन्त्रणका विरुद्ध जनमत तयार गर्नेछ” श्रीधरले आफ्नो योजना सुनाए ।

श्रीप्रसाद पोखरेल :
“१० वर्षसम्म त सबैले खेलौना जस्तै खेलाए । १५ वर्ष त स्कुल, कलेज पढ्दै सिद्धियो । ३० वर्ष अरुको चाकरीमै बिताएँ । ढिलो बिहे गरिएछ ६० वर्षको उमेर सम्म छोराछोरी र श्रीमतीलाई चाट्दै बित्यो । अब भन त मेरो चैँ जिन्दगी खोई ?”
“ए श्रीधर ! जिन्दगी नै यही हो नि” विश्वकान्तले भने ।
“के मेरो जिन्दगी मेरो खुशी हुँदैन ? सबै मेरो जीवनलाई नियन्त्रण गर्न खोज्छन् ।” श्रीधर बुढेसकालको वेदना पोख्छन् ।
“श्रीधर ! अब यो बुढेसकालमा के स्वतन्त्रता खोजेको ? मन्दिर जाउ, धर्मकर्म गर । साथीहरूसँग जाउ दिनभर म जस्तै तास खेल । दिन कटाउनु त छनि” विश्वकान्तले दिन कटनीको उपाय सुझाए ।
“साथी ! तीस वर्ष स्कुलमा पढाएर तिमीले जानेको दिन कटाउने उपाय यही हो ?” श्रीधरले व्यङ्ग्य गरे ।
“सरकारले अब बसेर खाउ भनेर बिदा दिएपछि के गर्छौ त श्रीधर ?” विश्वकान्तले लाचारी व्यक्त गरे ।
“मित्र ! यी अङ्गप्रत्यङ्ग चलुञ्जेल केही न केही गर । केही सक्दैनौ भने गाँउका छिमेकका साना नानीहरूलाई अनुशासित बनाउ” श्रीधरले प्रहार गरे ।
तिमी चैँ के गर्ने सोचमा छौ त ? विश्वकान्तले जिज्ञासालाई अगाडि बढाए ।
“अबको मेरो जिन्दगी भनेको साहित्य सिर्जनाका लागि हुनेछ जसले अन्याय, अत्याचार, भ्रष्टाचार र
अनावश्यक नियन्त्रणका विरुद्ध जनमत तयार गर्नेछ” श्रीधरले आफ्नो योजना सुनाए ।
०००
इटहरी, सुनसरी
Subscribe
Login
0 Comments
Oldest






































