साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जन्मदिनको शुभकामना छोरा !

काम नै नगर्ने , मेरो बेकामी छोरा, रातभरि अनिदो बसेर श्रम नगर्नु, श्रमको मूल्य मिठो हुन्छ भन्दै बेहोशी नबन्नु । काम भन्दा कुरा ठूलो हो, श्रम भन्दा शक्ति ठूलो हो, चाकरी र चाप्लुसीको भक्ति ठूलो हो ।

Nepal Telecom ad

गायत्री परिराेशनी

प्यारो छोरा,
जन्मदिनको अशेष शुभकामना,
धेरै सोझो भएर खराब नहुनु
अलिकति बाङ्गो भएर,
असल हुन सिक्नु छोरा ।
सोझो भएपछि,
सबैले चाहिँदा टेकेर हिँड्ने
लौरी बनाउँछन् ।
चाकाबाट मह निचोर्नलाई,
सबैले लखेटेको
मौरी बनाउँछन् ॥

परिश्रमको फल मिठो हुन्छ भनेर
बेइमान नबन्नु छोरा,
काम नै नगरी, एकैपटक
बोराभरी दाम कमाएर
इमान्दार हुन सिक्नु ।
सदाचार र नैतिकताको
फोस्रो आडम्बरमा
कति दिन मख्ख पर्छौ छोरा ?
यी र यस्ता कुराको
बिक्री व्यापार विस्तार गरी
एकैपटक सबैले पुज्ने
माननीय हुनु ॥

काम ठूला गरेर,
ठूलो मान्छे हुन्छु भन्दै
महामूर्ख नहुनु छोरा
कुरा ठूला गरेर,
कुरा पूरा गरेर,
राष्ट्रप्रेमलाई छताछुल्ल पारी
महामहिम हुन सिक्नु ॥
मेरो बेइमान छोरा,
मेरो खराब छोरा ,
धित मरुन्जेल,
पानीको मात्र चुस्की किन ?
यहाँ त झ्याप्पै लाउने कुराको
चुस्की लिएर शुरो हुन सिक्नु ।
समय, अवस्था र आवश्यकता अनुसार
जताबाट फाइदा हुन्छ आफुलाई
उतैतिर बिक्नु ॥

काम नै नगर्ने ,
मेरो बेकामी छोरा,
रातभरि अनिदो बसेर श्रम नगर्नु,
श्रमको मूल्य मिठो हुन्छ भन्दै
बेहोशी नबन्नु ।
काम भन्दा कुरा ठूलो हो,
श्रम भन्दा शक्ति ठूलो हो,
चाकरी र चाप्लुसीको
भक्ति ठूलो हो ।
मेरो मायालु छोरा
यी र यस्ता कुरा बुझ्दै जानु
आज तिम्रो जन्मदिन,
सुस्वास्थ्य र दिर्घायुको शुभकामना ॥

०००
स्याङ्जा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
बोक्सीका ताजा बात– (६)

बोक्सीका ताजा बात– (६)

गायत्री परिरोशनी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x