साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाकेको लुतो

फालौँ लौ न लुतो मिलेर जनता नाङ्लो ठटाऔँ अब राँको बाल्न तयार हौँ अवनि यो पारौँ उज्यालो सब रोगी जो छ लुते विना सरमले कुर्लिन्छ गर्दै गठ पाकेको छ लुतो लुकाउन अझै खोज्छन् यहाँका शठ॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

साह्रै मौसम बिग्रियो मुलुकमा वर्षाद छन् आँसुको
हण्डी छन् दरबार भित्र जहिले रक्सी तथा मासुको
रोगी छन् अभियुक्त छन् सुजनको गर्छन् उनैले हठ
पाकेको छ लुतो लुकाउन अझै खोज्छन् यहाँका शठ॥१

कोट्याएर रमाउँछन् सब लुतो छोपेर बस्छन् अनि
लागेको जति स्याउँस्याउँ छ किरा भन्छन् छ बेसै भनी
सिङ्गो देश रछानमा बदलियो देखिन्न चोखो मठ
पाकेको छ लुतो लुकाउन अझै खोज्छन् यहाँका शठ॥२

खाँदा छ्याकन धेर आउँछ लुतो चारैदिशा बेस्कन
गर्नै पर्दछ भोलि त्यो जटिलता फोएर अप्रेसन
भण्डाफोर गरौँ न भन्छ कसले पारेर खै चौपट?
पाकेको छ लुतो लुकाउन अझै खोज्छन् यहाँका शठ॥३

पानी शुद्ध भएन मूलतिर नै बस्ने भयो भ्यागुतो
रोगी धेर हुँदै गयो मुलुक झन् लागेर पाके लुतो
झर्दा अङ्ग किरा परेर पनि धत् भन्दैन कोही कठ
पाकेको छ लुतो लुकाउन अझै खोज्छन् यहाँका शठ॥४

फालौँ लौ न लुतो मिलेर जनता नाङ्लो ठटाऔँ अब
राँको बाल्न तयार हौँ अवनि यो पारौँ उज्यालो सब
रोगी जो छ लुते विना सरमले कुर्लिन्छ गर्दै गठ
पाकेको छ लुतो लुकाउन अझै खोज्छन् यहाँका शठ॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x