साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घट्टको फग्लेँटो

दोष लुकाउन मन्त्री नै बनेर यो मुलुकमा क्यै हुन्न भनेर ॥ आशैआशमा जनता झुक्याइए सोझा सबै हिर्काइए मुक्याइए ॥

Nepal Telecom ad

अमर अधिकारी :

जनता पिसिए चिलेसा घुन झैँ
नेता टल्किए छापावाल सुन झैँ ॥

थला प-याे मुलुक अहिले
वैद्य हराए आउने छन् कहिले ॥

घट्टको त्यो फग्लेँटो खिइयो
नयाँ हाल्दा नगदै दिइयो ॥

बूढा नेता खिइँदै बिलाउँदै
देशको लुतो बढेर चिलाउँदै ॥

कुर्सी तान्ने टाठा र बाठाले
हेरिरहने सोझा र लाटाले ॥

बाह्र पढे विदेशमै हुत्तिए
आमाबाट सधैँलाई छुट्टिए ॥

लाज सरम क्यै छैन नेतालाई
कान्छो छोडि पोस्दैछन् जेठालाई ॥

दोष लुकाउन मन्त्री नै बनेर
यो मुलुकमा क्यै हुन्न भनेर ॥

आशैआशमा जनता झुक्याइए
सोझा सबै हिर्काइए मुक्याइए ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
मौसमी भमरा र जनताको आँगन

मौसमी भमरा र जनताको...

नन्दलाल आचार्य
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
जहाँ छन् गिद्धका आँखा

जहाँ छन् गिद्धका आँखा

डा. बमबहादुर जिताली
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x