
घट्टको फग्लेँटो
दोष लुकाउन मन्त्री नै बनेर यो मुलुकमा क्यै हुन्न भनेर ॥ आशैआशमा जनता झुक्याइए सोझा सबै हिर्काइए मुक्याइए ॥

अमर अधिकारी :
जनता पिसिए चिलेसा घुन झैँ
नेता टल्किए छापावाल सुन झैँ ॥
थला प-याे मुलुक अहिले
वैद्य हराए आउने छन् कहिले ॥
घट्टको त्यो फग्लेँटो खिइयो
नयाँ हाल्दा नगदै दिइयो ॥
बूढा नेता खिइँदै बिलाउँदै
देशको लुतो बढेर चिलाउँदै ॥
कुर्सी तान्ने टाठा र बाठाले
हेरिरहने सोझा र लाटाले ॥
बाह्र पढे विदेशमै हुत्तिए
आमाबाट सधैँलाई छुट्टिए ॥
लाज सरम क्यै छैन नेतालाई
कान्छो छोडि पोस्दैछन् जेठालाई ॥
दोष लुकाउन मन्त्री नै बनेर
यो मुलुकमा क्यै हुन्न भनेर ॥
आशैआशमा जनता झुक्याइए
सोझा सबै हिर्काइए मुक्याइए ॥
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest