डिल्लीप्रसाद मूलतिहुनधरोधर्म गर्छु (३१)
अझै धेरै नदीनाला बग्दछन् मति नामका बाँकी फेरि भनौँला म यस्तै यस्तै अरू कथा । नदीलाई बनाएर आफू जस्तै गनाउने तयारीमा जुटेकाछौँ हामी देश बनाउने ।

डिल्लीप्रसाद मूलतिहुन :
केन्द्रीय राजधानीमा नदी अचम्मका कति
छुट्टै पार्टी नदीको छ भन्छन् हामी सबै मती (३७६)
बागमती सबैभन्दा अगाडि नाम आउने
नेता नदी भने हुन्छ नेता जस्तै गनाउने (३७७)
विष्णुमती अरूभन्दा किन कम्ती गनाउने
होडबाजी चलेको छ गन्धभित्र रमाउने (३७८)
रुद्रमती हिजो भन्थे धोबी खोलो बनाइयो
मान्छेको साथ पाएर आज भन्छ गनाइयो (३७९)
मतिनै फेर्न मान्छेले नयाँ नाम दियो मति
मान्छेकै चेतनाबाट हुन पाइयो यो गति (३८०)
अनौठो छ उहीँ मान्छे हामीलाई छुने अब
आँट गर्दैन के होला किन पाएन फुर्सद (३८१)
मान्छेकै मतिले गर्दा हाम्रो यस्तो भयो गति
तिम्रो यो राजधानीमा हाम्रो हुँदै गयो खती (३८२)
मति आओस् भनी मान्छे बागमती नुहाउँछ
केही मति भए उल्टै रहन्न त्यो हराउँछ (३८३)
स्यालमती यहीँ बग्छ अचम्म मान्नुपर्छ र
स्यालको मति तिम्रो छ ए मान्छे भन हैन र? (३८४)
हनुमती हिजोआज हनुमन्ते बनाइयो
नाम काम दुवै फेर्दै फोहोर बोक्न पाइयो (३८५)
मनमती नदीको छ उहीँ हाल यातातिर
मान्छेको दलमा जस्तो झगडा छैन आखिर (३८६)
इच्छुमती नुहाएर सफा देखिन्न मानिस
छोएर हेर्न पानीमा छैन आँट उसैसित (३८७)
चमती छन् यतै फेरि सक्ने कोछ चलाउन
मान्छेकै मल बोकेर हुन्छिन् बाध्य गनाउन (३८८)
अझै धेरै नदीनाला बग्दछन् मति नामका
बाँकी फेरि भनौँला म यस्तै यस्तै अरू कथा (३८९)
नदीलाई बनाएर आफू जस्तै गनाउने
तयारीमा जुटेकाछौँ हामी देश बनाउने (३९०)
क्रमशः
०००
चाँगुनारायण, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































