साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेर्दैछ सास

उनैको छ पूजा उनैको छ दाइँ बुढा गोरुकै चल्छ उस्तै रजाइँ थलोमा छ फोहोरकै मात्र रास अरूले बचाएर फेर्दैछ सास ॥

Nepal Telecom ad

होम सुवेदी :

हटेको छ इच्छा घटेको छ आस
कतै छैन सन्तोष यो आसपास
सबै धूर्तले गर्न थाले विनास
दुखीको भने देखियो सर्वनास ॥

सुधा प्रेम झर्दैछ आभास हुन्थ्यो
यहाँ देवताको सधैं वास हुन्थ्यो
सबै देव भागे नपाएर वास
यहाँ फुल्न छाडेछ लालीगुराँस ॥

ढलेको छ आस्था भनेको म सुन्छु
सुनी ठेडी ठोकी दुबै कान थुन्छु
कडा पापको झन् बढेको छ रास
त्यसैले यहाँका सबै छन् हतास ॥

यतै भत्किएको उतै भत्किएको
बढी पाप यो देशमै फत्किएको
बुझी यो कुरा बन्द झन् हुन्छ सास
हुने छाँट देखिन्छ यो सर्वनास ॥

चल्यो झन् सुनामी दुखेको छ घाउ
प्रभो डुब्छ यो देश आई बचाऊ
न छन् काम गर्ने न छन् गाँस वास
विदेशीहरूका सबै देख्छु दास ॥

उनैको छ पूजा उनैको छ दाइँ
बुढा गोरुकै चल्छ उस्तै रजाइँ
थलोमा छ फोहोरकै मात्र रास
अरूले बचाएर फेर्दैछ सास ॥

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x