सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

फेर्दैछ सास

उनैको छ पूजा उनैको छ दाइँ बुढा गोरुकै चल्छ उस्तै रजाइँ थलोमा छ फोहोरकै मात्र रास अरूले बचाएर फेर्दैछ सास ॥

Nepal Telecom ad

होम सुवेदी :

हटेको छ इच्छा घटेको छ आस
कतै छैन सन्तोष यो आसपास
सबै धूर्तले गर्न थाले विनास
दुखीको भने देखियो सर्वनास ॥

सुधा प्रेम झर्दैछ आभास हुन्थ्यो
यहाँ देवताको सधैं वास हुन्थ्यो
सबै देव भागे नपाएर वास
यहाँ फुल्न छाडेछ लालीगुराँस ॥

ढलेको छ आस्था भनेको म सुन्छु
सुनी ठेडी ठोकी दुबै कान थुन्छु
कडा पापको झन् बढेको छ रास
त्यसैले यहाँका सबै छन् हतास ॥

यतै भत्किएको उतै भत्किएको
बढी पाप यो देशमै फत्किएको
बुझी यो कुरा बन्द झन् हुन्छ सास
हुने छाँट देखिन्छ यो सर्वनास ॥

चल्यो झन् सुनामी दुखेको छ घाउ
प्रभो डुब्छ यो देश आई बचाऊ
न छन् काम गर्ने न छन् गाँस वास
विदेशीहरूका सबै देख्छु दास ॥

उनैको छ पूजा उनैको छ दाइँ
बुढा गोरुकै चल्छ उस्तै रजाइँ
थलोमा छ फोहोरकै मात्र रास
अरूले बचाएर फेर्दैछ सास ॥

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अब ठोक बाजा

अब ठोक बाजा

होम सुवेदी
ठगबन्धन

ठगबन्धन

होम सुवेदी
जुहारी गान

जुहारी गान

होम सुवेदी
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
हाम्रो अड्डामा

हाम्रो अड्डामा

नवराज कार्की
सबैलाई सुपाच्य

सबैलाई सुपाच्य

रामदेव पाण्डे
भाग्यमानी

भाग्यमानी

बिनुबाबा घिमिरे
गाैरादह

गाैरादह

खगेन्द्र नेउपाने
बिग्रेछ चाला पुरा

बिग्रेछ चाला पुरा

माधव पोखरेल गोज्याङ्ग्रे
त्यसपछि…

त्यसपछि…

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x