चूडामणि रेग्मीजालीका जाली गफ !
अयोग्य शिक्षाविद् शैक्षिक कुर्सीमा विराजमान हुन्छन् । योग्यहरू फालिन्छन् । योग्य कर्मचारीहरू पहाडतिर धपाइन्छन् । आफन्तलाई कमाउने ठाउँमा राखिन्छ । मूल्याङ्कनका नम्वरहरू जालमा स्याहामा टाँगिन्छन् ।

चूडामणि रेग्मी :
पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हूँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।
जाल ! जाल ! जाल ।
गफडीलाई बोल्न दिनोस्, (बोल्न दिनुभएकै छ- धन्यवाद !) उसका विचारमा नेपालका विशिष्ट नेपालीहरूमा पाइने खास विशेषतामध्येको एउटा जाल पनि हो । (हुन सक्छ- बहादुरीपछि यसैको क्रम नपरोस् ।) गफडीले आँखा खोलेर, कान बापेर सुनेको दिनदेखि माछा थाप्ने जालदेखि लिएर नाना प्रकारका जाल देखेको छ । गफडीले सानामा सुन्या’ थियो- एक जना माहिला मुखियाले गाउँको एउटा निर्धालाई बोरामा लडाएर चुट्थ्यो रे । किर्ते गरी उसको सर्वस्व पनि गर्यो अरे । लिखितम् र वकितम्का जालमा कति मर्या, छन्- गफडीले भन्न थाले सप्ताह लाग्छ । निर्दलीयहरूभन्दा पहिले थरी- जिम्मावाल जाल गरीगरी जनताको सर्वस्व गर्दै भने जग्गाकर आदिद्वारा जाल रची जनता ठग्नेका बखान गरी यी पाता कति भरोस् गफडी ! गफडी भन्छ- बहुरूपीहरू बहुदलीयमा पनि परेका छन् र आउँदा दिनहरूमा यिनले जाल फेरि यहाँ विच्छ्याउनेछन् । गफडी यस्ता जालीका जालदेखि सारै तर्सेको छ- तर्सन्छ ।
जालीका विराट् रूप !
जाली कस्ता हुन्छन् ? भन्दा कति जुँगे हुन्छन् भने कति ठुटे । कति पुड्के हुन्छन् भने कति अलगे । जाली अधिकृत हुन्छन् त जाली वेपारी । जाली पत्रकार हुन्छन् त जाली गुप्तचर । अहिले धानको भाउ छैन, यो कति जना जालीको काम हो । अहिले मुद्रास्फीति छ, महँगी छ यो पुँजीपतिहरूको जाल हो । नयाँ शिक्षा भत्कियो- जालीहरूका जालवाट । सोर्स-फोर्सका जालले यहाँ अयोग्यता नाचेको छ योग्यता भागेको छ । योग्य लेखक पछि छन्, यहाँ योग्य विद्वान् पछि छन् तर अयोग्यहरू पुरस्कार पड्काउँछन्- सब जालबाट । साहित्यमा धेरै जाली समालोचक छन् । अयोग्य लेखक उठाउँछन्, योग्य लेखक छुटाउँछन् । योग्य शिक्षक पुरस्कार पाउन्नन्, चाकरीवाजका जालले पुरस्कार पाउँछन् । यहाँ जालीका विराट् रूप छन्- जसले देश वेरेको छ, घेरेको छ ।
धूर्तता ! धूर्तता ! धूर्तता !
यहाँ धुर्त्याइँ जानेपछि राजनीतिक खग्गू हुन्छ । केही नजान्ने धूर्त मन्त्री हुन्छन्- अयोग्य शिक्षाविद् शैक्षिक कुर्सीमा विराजमान हुन्छन् । योग्यहरू फालिन्छन् । योग्य कर्मचारीहरू पहाडतिर धपाइन्छन् । आफन्तलाई कमाउने ठाउँमा राखिन्छ । मूल्याङ्कनका नम्वरहरू जालमा स्याहामा टाँगिन्छन् । जालले वनेका छन्- यहाँ कतिका भव्य भवन ! यी बढेका बजारका कैयौँ घर हेर्नोस् – यी जालीका जाल हुन् । जाल गर्नेकै यहाँ जगजगी छ, जाल गर्नेकै यहाँ मनोमानी छ, जाल गर्नेकै यहाँ हाहा !
पातमा पात ! बातमा बात !
यहाँ सोझाको केही लाग्दैन, जालीकै जालले यहाँ सफलता पाउँछ भन्ने कुरा पातमा पात हुँदा झै बातमा बात हुने हुँदा भए । के यहाँका जालझेल, ठगी आदिका बात एक पातामा बखानी सकिन्छ । यहाँ जालझेलले कति जेल गए, कति बसाईं गए, लेखा-जोखा गर्न सकिन्छ । छोटकरीमा आज यत्ति नै। आगे फेरि ।
०००
युगज्ञान वर्ष ११, अङ्क १७, २०३६
‘गफडीका गफ’ (२०६३)
Subscribe
Login
0 Comments
Oldest







































