साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भत्कोस्

अघोर घोरी कलि बर्बराइस् मान्छे उभो छैन जुनी सताइस् । भत्कोस् रोक्नेछ कि कोटिहोम ? उद्घोष खल्लो मलिलो मुहान व्यापार झैं भाष्य गुहार द्रोही परम्परा धर्म डकार कोही ।

Nepal Telecom ad

पदम दाहाल :

पैरो झरी ढाल्दछ रे सबार
गोलीविना बन्दुक चल्छ यार !
बाढी र वर्षा किन सङ्कटा हुन् ?
कठोरता दुर्जन दुर्दसा झन् ।१।

बाजा बजाईकन खै दसा त्यो ?
सङ्केत दी आउँछ के व्यथा त्यो ?
गाडी कठै गुड्दछ मृत्यु जुर्छ
बाढी घरै पस्तछ ज्यान पुर्छ ।२।

अचम्मको भेल कि यो सजाय ?
विमान बैमानी छ गिर्छ हाय !
विलाप भै दन्दन झर्नु पर्ने
भत्कोस गोदाम छ को सपार्ने ? ।३।

सबै थिए सेवक योग्य कर्मी
बेमौसमी बादल क्या अधर्मी !
पापिष्ठ कस्को अधितो छ खेल ?
भोगाउने को ? छ अनिष्ट धेर ।४।

भीमेश्वरैमा पसिना नआऊन्
दुष्चक्र उल्का शनि राहु जाऊन् !
अघोर घोरी कलि बर्बराइस्
मान्छे उभो छैन जुनी सताइस् ।५।

भत्कोस् रोक्नेछ कि कोटिहोम ?
उद्घोष खल्लो मलिलो मुहान
व्यापार झैं भाष्य गुहार द्रोही
परम्परा धर्म डकार कोही ।६।

०००
मादी न.पा. ६, सङ्खुवासभा
हाल, लोकन्थली, भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x