साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असल यसरी बनौँ !

मायाप्रेम भन्ने कुरो, निकै कम र सिमित हुन्छ । निकै ठूलो धक्कु लगाएर राष्ट्रप्रेम जस्तो, गतिछाडा काम नगरौँ । आफ्ना-आफ्ना, प्रिय र प्रियसीलाई मात्र जहाँ मिल्छ, त्यही प्रेम गरौँ ।

Nepal Telecom ad

गायत्री लम्साल :

राम्रा कामकुरालाई
राम्रो होइन भनौँ,
खराब कामकुराहरूलाई
अच्छा छ भनौँ,
साथी हो, असल यसरी बनौँ ।

फलफूल फलाउन
केमिकल धेरै हाल्छन्,
त्यसैले जुस खान बन्द गरौँ ।
माइन्यूटमा निर्णय गरौँ,
विधि, पद्दति र कार्यविधि बनाउन,
सबैजना मज्जाले मिलौँ
अनि सके जति घुस खाऔँ ।
साथी हो, असल यसरी बनौँ ।

जहाँसुकै बहुमतकै कदर हुन्छ,
अलिकति बाँकी रहेको छ भने,
काम गर्ने जाँगर बेचौँ ।
हाम्रा गाउँ-गाउँ र बस्तीबस्तीमा
सित्तैमा लटरम्मै फलेका
छिमेकी देशलाई बाँदर बेचौँ ।
साथी हो, असल यसरी बनौँ ॥

मायाप्रेम भन्ने कुरो,
निकै कम र सिमित हुन्छ ।
निकै ठूलो धक्कु लगाएर
राष्ट्रप्रेम जस्तो, गतिछाडा काम नगरौँ ।
आफ्ना-आफ्ना,
प्रिय र प्रियसीलाई मात्र
जहाँ मिल्छ, त्यही प्रेम गरौँ ।
साथी हो, असल यसरी बनौँ ॥

०००
स्याङ्जा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x