साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (३२)

बाङ्गाटिङ्गा कुरालाई सोझै हुन् भन्न भ्याउँछु हालेर शब्दको चारो जालभित्र छिराउँछु । धरोधर्म दशै औला जोड्दै बिन्ती बिसाउँछु मलाई हाल्नुहोस् भोट स्वर्ग चाँडै पुर्‍याउँछु ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

बाटो खन्छु कुलो खन्छु पौवा पार्टी बनाउँछु
नजिते म सबै गर्छु जितेँभने गन्याउँछु ।३९१

जित्ने इच्छा हुँदा खेरी घरैपिच्छे म आउँछु
यो बेलामा परे मैले लुतोसम्म कन्याउँछु ।३९२

निःस्वार्थी छु त्यसैले म लोभ असाध्य गर्दछु
भोलि हकार्नका निम्ति आज पाउ म पर्दछु ।३९३

खानादाना कतै खाँचो हुनदिन्न जुटाउँछु
ख्वाउँछु निमुखालाई दाल भात चुठाउँछु ।३९४

स्वास्थ्य संस्थाहरू खोल्छु रोगिको ताँत लाउँछु
निरोगीको भलो गर्छु रोगीलाई फसाउँछु ।३९५

भन्न मैले करैलाग्छ रोगिलाई जचाउँछु
निरोगी पाल्न रोगीकोअङ्ग निकाल्न भ्याउँछु ।३९६

बिटो वालाहरू आए छिटो काम गराउँछु
गरीब निमुखा आए निथारेर रमाउँछु ।३९७

शिक्षाबाट कुनै मान्छे हुनु पर्दैन बन्चित
बिटोझिक्नु छिटो सिक्नु भन्ने नारा छ सञ्चित ।३९८

सोझाको म कतै खान्न लोभलाग्दा चपाउँछु
कठैबरा भनी लेघ्रो तानीतानी फसाउँछु ।३९९

रित्तो डालो हुनेलाई म भन्छु भर्न आउँछु
डालो टम्म भएदेखि रित्याउन सघाउँछु ।४००

गुलिया शब्दले आफ्ना दातालाई फकाउँछु
धरोधर्म जिताएमा गाउँ अर्कै बनाउँछु ।४०१

अर्को चुनावमा मात्रै गाउँ फर्केर आउँछु
भनेर भन्न मिल्दैन भन्न मिल्ने बनाउँछु ।४०२

आकर्षक कुरा बोल्छु गाउँकै गीत गाउँछु
अर्को चुनावमा अर्कै रामायण सुनाउँछु ।४०३

बाङ्गाटिङ्गा कुरालाई सोझै हुन् भन्न भ्याउँछु
हालेर शब्दको चारो जालभित्र छिराउँछु ।४०४

धरोधर्म दशै औला जोड्दै बिन्ती बिसाउँछु
मलाई हाल्नुहोस् भोट स्वर्ग चाँडै पुर्‍याउँछु ।४०५
क्रमशः

०००
भक्तपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
LOK Nath SHARMA Acharya
LOK Nath SHARMA Acharya
1 year ago

असाध्यै राम्रो लाग्यो । दोर्याएर तेर्याएर पढें । यति मिठो मेहनतको फल बिहान नै ग्रहण गर्न पाउँदा खुसिको सिमा रहेन । आभारी छु ।
🌺🌹💐🙏💐🌹🌺

Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
1
0
Would love your thoughts, please comment.x
()
x