साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बैठकमा गाईजात्रे छलफल

गए प्रदेश बोल्ने लौ अप्रदेशी रह्यौँ सबै यता उता हेरे छैनन् यमले तानेछ्न सबै कसोरी अट्छ बोकाको मुखमा लौका छ भने फुस्साको किस्सा सुन्ने को ? एक्लै कराउँछु भने ।

Nepal Telecom ad

गाेपेन्द्रप्रसाद पाैडेल :

(यस्तो बैठक चलिरहेको थियो)

छामिलाने उवाचः
प्रचन्न तिमी सर्वस्व घण्टि पूजन गर्दछु
मिलाउ भिसाको किस्सा तिम्रै शरण पर्दछु
खोलो पैरो सबै ओइरे एक्लो पार्न सबै जुटे
कसोरी थाम्नु हो भार थापाका शब्दले कुटे

ओली उवाच:
खुट्टा झिकेँ भने मैले पुष्प लङ्गडो बन्दछ
सुगा मेरो भयो ऐले मेरो नै वाक्य भन्दछ
तिसकी बीस घोलेर सबैलाइ पिलाउँछ
लुतो छ ढाडमा मेरो तिमिलाइ चिलाउँछ ?

प्रचन्न उवाचः
हिङ्ग छैन छ ता टालो सुँघाउला तिमी बस
नसके थाम्न यो भारी कुम्लो तिम्रो तिमी कस
खाएको छैन क्यै तिम्ले ढ्याउ ढ्याउ किन डकार्दछौ
थापाको बोली त्यस्तै हो व्यर्थै किन हकार्दछौ ।

गगन उवाच:
भन्दै गर्दा यसो मैले सहकारी लुट्यौ किन ?
बाख्रा छ्न पेटमा मेरो पानी पेट्मा कुट्यौ किन ?
खेदो खन्छु बचाउँछु मेरा झोलेहरु सबै
फाल्दिन्छु गृहको चाबी चल्छ सभामुखै नभै ।

यस्तो वार्ताले यमलोक पूरै हल्लिएछ अनि यमराजले लौ तुरुन्त पृथ्वी लोकको नेपाल भूमिको संसद भवनभित्र गएर सबैलाई घोक्र्याएर लेराउ भन्ने आदेश दिएछ्न् । यमदूतले पनि अह्राए अनुसार नै गरेछ्न् । तर एकजना बूढो छुटेछ्न् :-

चित्र विचित्र उवाच:
गए प्रदेश बोल्ने लौ अप्रदेशी रह्यौँ सबै
यता उता हेरे छैनन् यमले तानेछ्न सबै
कसोरी अट्छ बोकाको मुखमा लौका छ भने
फुस्साको किस्सा सुन्ने को ? एक्लै कराउँछु भने ।

यो सब कृयाकलाप र अलाप विलाप आफ्नै कटेरोमा मट्याङ्ग्रा बाट्दै गरेको फित्कौलीले हेरिरहेको रहेछ । उसका लागि यस्तो चर्तिकला त दशैँको अष्टमी जस्तै भएछ :-

फित्कौली उवाच :
मट्याङ्ग्रा पक्डिएँ मैले फुलौरो तालु बन्दछ
तिम्रा चर्तिकला मेरा चट्ट चटनि बन्दछ
बस्या छु पासो थापेर फिस्टा तिमिहरु बन
जालो भित्र पसि फिस्टा गर्न के सक्दछौ भन ।

जदौ !!!
०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x