साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ह्वाँको वृद्धकाल

अब बेला भो बुद्धि आउनुपर्छ पाएसम्मको मिठो मसिनो खानुपर्छ सकिन्छ भने धर्म कमाएर माथि जाँदा लानुपर्छ सोच्तै हुनुहुन्छ मनमा उठेका इच्छालाई टार्नुपर्छ

Nepal Telecom ad

होम सुवेदी :

हिजो दारुविना छाक नटर्ने
घर छाडेर वरपर चर्ने
मालपोतको फोकटको माल
जथाभावी छर्ने
ह्वाँको जीवनमा पनि
बुढेसकाल लागेको छ
जवानीको जोस भागेको छ
संस्कारको भोक जागेको छ
यसैले अहिले उहाँलाई
साँझबिहान
घन्टी बजाउन मन लागेको छ
ह्वाँका अन्तर्आत्माले पनि
धर्मको बटो मागेको छ
बुढेस काल न हो
दाँत झरिगए
रमाइलो गर्ने इच्छा मरिगए
त्यसैले अब
जिउले सहनेसम्मको
झोल मात्र खानु पर्छ
चोक्टालाई छाडेर
धर्ममा मन जानुपर्छ
चन्दन लाउनु पर्छ
भजन गाउनुपर्छ
मन्दिर धाउनुपर्छ
अब बेला भो
बुद्धि आउनुपर्छ
पाएसम्मको
मिठो मसिनो खानुपर्छ
सकिन्छ भने धर्म कमाएर
माथि जाँदा लानुपर्छ
सोच्तै हुनुहुन्छ
मनमा उठेका इच्छालाई टार्नुपर्छ
अलि पर सार्नुपर्छ
आफूलाई बैतरणी तार्नुपर्छ
अबको जिन्दगी सुधार्नुपर्छ ॥

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x