साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (३५)

परिभाषा नयाँ हुन्छ ठुलाको दोष देखिए साना फरक पर्दैन शङ्कामै जेल कोचिए । यस्तो निसाफले मात्र बलात्कार हटाउन छाडा साँढेहरूलाई हुँदैन तहलाउन ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

बलात्कारी बढे भन्ने हल्ला सुन्छु जताततै
अपराधीहरूलाई नीतिकै ज्ञान छैन खै (४३६)

अपराध बिनाशिक्षा सिकेर काम गर्दछन्
नीति सिक्न नजानेर बिब्ल्याँटोतिर सर्दछन् (४३७)

अप्ठ्यारोमा परेकोछ प्रहरी र प्रशासन
नागरिकहरू थाके थिच्न छोड्दैन बैगुन (४३८)

पक्का गरिन्छ कार्वाही चासो छ सरकारको
निर्देशन दिएका छौँ काम अवस्य हुन्छ त्यो (४३९)

यस्तो आदेश पाएर प्रहरी काम थाल्दछ
समस्याको समाधान हुने जुक्ति निकाल्दछ (४४०)

दोषी फेला परेदेखि यता लेऊ समाउँछु
राखेझैँ जेलमा गर्छु स-सम्मान छुटाउँछु (४४१)

न्यायले दोष देख्तैन नाबालिक फकाउनु
वर्षौंसम्म त्यसैले हो दोषीहरू नपाउनु (४४२)

जान्दछन् युवती आज बलात्कार खुट्याउन
मनोमानी उनैको छ समात्न वा छुटाउन (४४३)

सोझा छोरी बलात्कार भयो भन्न डराउने
कोही हुन्छन् उसै बाठा बलात्कारी गराउने (४४४)

चुनावमा जिते न्याय नमज्जाले दिलाउँछु
छिटोभन्दा छिटोजम्मै चाँजोपाँजो मिलाउँछु (४४५)

जो मेरो दलमा पस्छ त्यो निर्दोष गराउने
बिरोधी दलमा लागे दोषी त्यो ठहर्‍याउने (४४६)

हाम्रा मान्छेहरूलाई सधैं चोखो गराउँछु
चोखै होस् परकोलाई सोझै आरोप लाउँछु (४४७)

आफ्नै छोरी बलात्कार गर्ने बाबु कुनै भए
अनौठो कार्यका लागि नीति हुन्छ नयाँ तय (४४८)

परिभाषा नयाँ हुन्छ ठुलाको दोष देखिए
साना फरक पर्दैन शङ्कामै जेल कोचिए (४४९)

यस्तो निसाफले मात्र बलात्कार हटाउन
छाडा साँढेहरूलाई हुँदैन तह लाउन (४५०)
क्रमशः

०००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Ishwor Pokharel
Ishwor Pokharel
1 year ago

तिख्खर कविता 

Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
1
0
Would love your thoughts, please comment.x
()
x