साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेकार छ

साह्रै नै मदमत्त भै नगरमा, हाँसेर के सार छ छाडातन्त्र सहर्ष धारण गरी , हिँड्छौँ त बेकार छ मात्रै भाषणमा प्रलोभित भई, भुल्छौँ त बेकार छ भ्रष्टाचार विरुद्ध युद्ध नगरी, डुल्छौँ त बेकार छ ।

Nepal Telecom ad

विदुर अधिकारी :

चोरी भो कविता निबन्ध र कथा, सङ्गीत चोरी भए
चोर्ने मानिस भद्र सन्त गनिँदै, सञ्जालमा देखिए
यस्तै मानिसको हुँदा बिगबिगी, गिर्दो सदाचार छ
लुच्चा सर्जक नै बडा ठहरिने, संयन्त्र बेकार छ ।६१।

सिङ्गो जीवनको बयान नभए, आख्यान बेकार छ
बुझ्दैनन् यदि सत्य तथ्य जनले, व्याख्यान बेकार छ
पीडाको यदि बास हुन्छ मुटुमा, झङ्कार बेकार छ
सारा इज्जत नै कलङ्कित भए, शृङ्गार बेकार छ ।६२।

सग्लो संस्कृति, क्रान्ति हाँक्न नसके, लेखेर के सार छ
चिर्दै ती भ्रमजाल च्यात्न नसके, साहित्य बेकार छ
आत्मा भित्र प्रभाव पार्न नसके, बोलेर के पार छ
छाडा संस्कृति ती उधार्न नसके, साहित्य बेकार छ ।६३।

साह्रै नै मदमत्त भै नगरमा, हाँसेर के सार छ
छाडातन्त्र सहर्ष धारण गरी , हिँड्छौँ त बेकार छ
मात्रै भाषणमा प्रलोभित भई, भुल्छौँ त बेकार छ
भ्रष्टाचार विरुद्ध युद्ध नगरी, डुल्छौँ त बेकार छ ।६४।

मोतीबिन्दु छ किन्तु औषध भने दिन्छन् यहाँ वातको
लोभी डाक्टर,माग्छ दस्तुर अझै, जालो बुनी घातको
यस्तै चाल सदैव नै रहिरहे, सद्भावना मर्दछ
मान्छे भैकन मर्म बुझ्न नसके, बाँचेर बेकार छ ।६५।

०००
भरतपुर महानगरपालिका-१९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध भए पनि जो जन पूज्य छ

वृद्ध भए पनि जो...

विदुर अधिकारी
लागेछ असार

लागेछ असार

विदुर अधिकारी
सासू-मुमा

सासू-मुमा

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x