साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दरबारी कवि

कहिले मध्यावधि चुनाव गराउने सल्लाह दिन्छन् । बेला न कुबेला तेल र ग्याँसको भाउ बढाउने, कहिले कसो हाकिमलाई वैदार र वैदारलाई हाकिम बनाउने कुरामा पनि यिनै सल्लाहकारको हात हुन्छ ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

ग्रीष्मको दिन किन लामो हुन्छ ? राजाले आफ्नो दरबारी कविसँग सोधे । कविले उत्तर दिए “महाराज, हाम्रा सेनाले दुस्मनसँगको लडाईं सकिएपछि घोडा दौडाएर फिर्ता लैजाँदा घोडाको टापले जमिन खोस्रियो, त्यही खोस्रिएको धुलो उडेर आकाश गङ्गाको सतहभरी फैलियो । त्यहाँ प्रसस्त दूबो उम्रियो । जब सूर्यदेवका घोडाहरू दुबोको हरियाली चउरमा चर्नलागे त्यसैकारण दिन लामो भयो ।”

राजालाई लाग्यो, कवि भनेको कवि नै हो । यही कारणले ग्रीष्मको दिन लामो भएको रहेछ। कति गजबको तर्क ।
राजालाई के थाहा, यो कविको काइते तर्क हो भन्ने कुरा ! दरबारी कविको तर्कले राजाको चित्त बुझ्यो । राजा खुशी भए । कविले कल्पना पनि नगरेको एक थैलो असर्फी इनाम पाए !

मध्यकालीन समयताका मालिकलाई खुशी पार्न यस्तै अन्टसन्टका तर्क दिने गर्दथे दरबारी कविहरू । कवि मार्फत ज्ञान प्राप्त गरेको खुशीमा राजा पनि मख्ख,ईनाम पाउँदा कवि पनि मख्ख ।

सायद मल्ल युद्ध लडेर आएका, पाखुरा सुर्किएर राजा भएकाहरूले आफ्नै बुद्धि विवेकले होइन यिनै दरबारी कविसँग सल्लाह लिएर राज्य सञ्चालन गर्नेगर्थे । तिनीहरूसँग न त विधिपूर्वक राज्य सञ्चालन गर्ने खुबी हुन्थ्यो ! न तिनमा विवेक नै हुन्थ्यो ! राज्य सञ्चालनको लागि केही दरबारी कविहरूको एउटा घेरा बनाइन्थ्यो। यिनले राजाको प्रशस्ती लेख्ने र राज्य सञ्चालन सम्बन्धि सल्लाह समेत दिने गर्थे ।

यिनले राजालाई जे ठिक हो भनिदियो, त्यो अकाट्य हुने गर्थ्यो । मध्यकालीन समयमा यस प्रथाले व्यापकता पाएको भएपनि यो निकै पुरानो प्रचलन हो । युगौँदेखि राज्यका शासन व्यवस्था यसरी नै चल्दै आए ।

हुनसक्छ, अबको पाँचसय वर्ष पछि पनि राज्य सञ्चालन गर्ने सूत्र यही हुनेछ । किनकि संसारमा अनेकौं कुरा परिवर्तन भए, अझैँ भइरहेका छन् । तर राज्य सञ्चालन गर्ने कुरा परिवर्तन भएको पाइँदैन । देशभक्त भिम मल्लको कुरा होस्, राणाकालीन कोतपर्व र भण्डारखाल पर्वको कुरा किन नहोस्, प्रजातन्त्र कालमा रायणहिटी काण्डको कुरा किन नहोस्, सत्ताको खेलमा यही सुत्र प्रयोग हुने गरेको छ । अन्य क्षेत्रमा जस्तो राजनीति र सत्ता सञ्चालनका क्रममा खासै परिवर्तन भएको छैन । पटक पटक व्यवस्था परिवर्तन भएपनि शासन सञ्चालनको शैली एकै प्रकारको हुन्छ । यसो हुनुको मुख्य कारणमा तिनै दरबारी कविका सल्लाहले महत्वपूणर् भूमिका खेलेको हुन्छ र खेलिरहेको देखिन्छ ।

संसारका अधिकांश राजा महाराजाहरूले सत्ता सञ्चालन गर्न दरबारी कवि भर्ती गर्छन् र तिनकै सल्लाह मुताविक जनतालाई अर्ति दिन्छन् ।
दरबारिया कविहरूले सल्लाह दिइरहेका हुन्छन्, प्रशस्ति लेखिरहेका हुन्छन् । सरसल्लाह दिए वापत र प्रशस्ति लेखे वापत तिनले दह्रो इनाम पाउँछन्, स्याबासी पाउँछन् । केहीले कमाउँछन् केही साँझपख भए पनि रमाउँछन् । विभिन्न कालखण्डमा सत्ता सञ्चालन गर्ने सूत्र चाहीँ यही हो ।

तेह्रौँ चौधौँ शताब्दीमा मात्र होइन आजसम्म पनि संसारका कतिपय मुलुक यसरी नै चलिरहेका छन् । जसरी पृथ्वी चलिरहेको छ । राज्य सञ्चालन गर्नेले पृथ्वीलाई हातले ठेलेर घुमाइरहनु पर्ने थियो भने को सत्तामा जान चाहन्थ्यो होला र ? धन्न पृथ्वी आफैँ घुम्छ । सत्ता सञ्चालन गर्न स्वयंले भने सामान्य पानी घट्ट समेत घुमाउनु पर्दैन । सत्ता त समयले चलाइरहेको हुन्छ । छलकपट र तिकडमले चलिरहेको हुन्छ ।

यिनले घुमाउनु पर्ने त दिमाग र जिब्रो मात्र हो । यसपछि सत्ता पनि स्वतः घुम्न थाल्छ । वस् यति भए पर्याप्त हुन्छ । पृथ्वी आफै घुम्ने भएकोले एकनासले घुमिरहेको हुन्छ । तर सत्ता भने कहिले सुस्त गतिमा घुम्छ, कहिले जोडले घुम्न थाल्छ । कहिले भुँइचालो गए जस्तो एक्कासि हल्लिन्छ । यसरी हल्लिँदा यताको कुर्सी उता र उताको कुर्सी यता आइपुग्छ, त्यति मात्र हो । गजबको कुरा चाहिँ के हो भने यो सामान्य गतिमा कहिले पनि घुम्दैन । सुस्त घुमोस् वा तीव्र गतिमा घुमोस्, सत्तासीनहरू भने नाङ्गो नाचमा मस्त रहिरहेका हुन्छन् ।

तर यिनले जेसुकै गरुन्, यिनका प्रशस्ति लेख्न भने छोडिन्न । किनकि प्रशस्ति लेख्नकै लागि दरबारी कविको नियुक्त गरिएको हुन्छ । कसैले पनि आश्चर्य मान्नु पर्दैन, किनभने यिनका दरबारीया कविको काम नै यही हो तिनको प्रशस्ति लेख्नु र स्वरबद्ध गरेर भक्तिगान गाउनु ।

यसको जिम्मा केही तोकिएका मान्छेलाई दिने गरिन्छ । यिनले रातलाई दिन हो भनिदिए रात पनि दिन हुन्छ । लेख्नु मात्र पर्छ सुन पनि नुन हुन्छ, नुन पनि सुन हुन्छ । गालीलाई ताली भनेर लेख्नुपर्छ त्यो ताली नै हुन्छ । भ्रष्टाचारीलाई सदाचारी भन्नु पर्छ, ऊ सदाचारी ठहरिन्छ । चोरलाई साधु र साधुलाई चोर बनाउन सकिन्छ । जनताले विश्वास गर्न छोडेको कुरालाई जनतामा विश्वास बढ्दै गएको भनेर लेख्नुपर्छ, त्यो सदर मानिन्छ । कुनै घटनामा यिनका मालिकले मान्छे कुटे भने मालिकले कुटेको होइन, मालिकले कुटाइ खाएको भन्दै समाचार आयो भने पनि अनौठो नमाने हुन्छ । आखिर दरबारी कवि न हुन् !

सल्लाहकारले राज्य सञ्चालनका लागि कहिले कर बढाउने सल्लाह दिन्छन् । कहिले थर बदल्ने सल्लाह दिन्छन् । कहिले जनताका घर भत्काउने सल्लाह दिन्छन् । सरकार फेर्ने सल्लाह दिन्छन् । कहिले मध्यावधि चुनाव गराउने सल्लाह दिन्छन् । बेला न कुबेला तेल र ग्याँसको भाउ बढाउने, कहिले कसो हाकिमलाई वैदार र वैदारलाई हाकिम बनाउने कुरामा पनि यिनै सल्लाहकारको हात हुन्छ । सल्लाह दिए वापत यिनले इनाम थाप्छन् । राजाहरू मख्ख पर्दछन् । फेरि रातीको सल्लाह जाती हुन्छ भन्ने प्रचलन छ । त्यसैले राजनीतिका ९५ प्रतिशत सल्लाह राती हुने गरेका छन् ।

सल्लाह दिनेले दिँदै जान्छन्, राजा महाराजाहरू सल्लाह लिँदै गर्छन् । आजसम्म सल्लाहकारहरूले जतिपनि सल्लाह दिए निष्कर्ष एउटै निस्कने गरेको छ । नाफा जति राजा महाराज र यिनै सल्लाहकारलाई हुन्छ । जनता भने हिजो पनि चिल्लै आज पनि चिल्लै ।

०००
कालिका, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x