साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रेम कुनै सुर्ती त होइन

प्रेम कठिन तपस्या हो पाउन प्रेमिललाई, छद्मभेषमा झट्ट गएर उनको आँगनमा लाइदिने घाँटीमा माला प्रेम कुनै मूर्ति त... होइन ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

प्याट् प्याट् पिटेर,
चुना लाएर हत्केलामा दलेर,
चट्ट ओठमुनि च्यापेर ,
तृप्तिको स्वाद लिए झैं,
छ्यास्छ्यास्ती ,
पसलहरूमा भेटिने,
प्रेम कुनै सुर्ती त.. होइन।

आत्माभिव्यक्ति हो प्रेम,
भावाभिव्यक्ति हो प्रेम,
विभक्ति होइन, राधाकृष्णभक्तिको
अभिव्यक्ति हो प्रेम।
थरी थरी फूलमा भन्किएर
आनन्द लिने भमरा झैं
प्रेम कुनै वासना पूर्ति त… होइन।

प्रेम वर पिपलको
शान्त शीतल छायाँ हो
प्रेम प्रेमिलमा भरपुर
अगाडि पछाडि, दायाँबायाँ हो।
प्रेम कठिन तपस्या हो
पाउन प्रेमिललाई,
छद्मभेषमा झट्ट गएर
उनको आँगनमा
लाइदिने घाँटीमा माला
प्रेम कुनै मूर्ति त… होइन ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x