साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बडा र छोटाहरूको बडादशैँ

राँगा बोका हाँस कुखुराको घाँटीमा तरवार सोज्याउँदै दरवार भित्रबाट शहीदका रगतले लुछुप्प भिजेको दानवको रुपमा मानव बनेर आयो बडादशैँ ।

Nepal Telecom ad

बालकृष्ण खनाल :

एक वर्गको
खोलाको बगरमा
खाडी र मलेसियाको सहरमा
चुहिने घरघरमा
सुनसान गाउँ बस्ती
भिझेका परेली मिच्दै
बाढी पहिरोले
बगाएका घर खेतहरू हेर्दै
घुँडामा चिउँडो टेकाएर
लामो लामो सास फेर्दै
बाढी पहिरोले बगाएका
आफ्ना स्वजनहरू
छोराछोरी गुमाएका
बृद्ध बृद्धा आमा बाउ र
आमा बाउ गुमाएका
अनाथ टुहुरा बालबालिकाको
हृदयमा
बज्रपात बनेर
आयो बडा दशैँ।

अर्को वर्गको
डिस्को नाचघर
यमपाला गाडीमा सफर
मनमा अनगिन्ती रहर
डुङ्डुङ्ती गनाउने अत्तर
शरीरमा छरेर
रोजगार खोज्दै
साउदी र अरबको
तातो गर्मीले चुहिएको
पसिनाले भिजेका
नोठहरू गन्दै
सहर बजारमा रम्दै
पाँचतारे होटेलमा
रेमिटेन्सको चट्नीसँग
जिब्रो पड्काउँदै
ब्ल्याक लेबल र
रेड लेबल घुट्क्याउँदै
भ्रष्टाचारी बलत्कारी
तस्कर
व्यभिचारी र
सहकारी ठगहरूको
भान्सामा डुङ्डुङ्ती गनाउँदै
हवाइजहाज र
हेलिकप्टरबाट
बगेका गाउँबस्ती हेरेर रमाउँदै
उच्च पदस्थ अधिकारी
राष्टसेवक उच्च कर्मचारी र
संघीय, प्रदेसिय, स्थानिय
जन प्रतिनिधिहरूको
घरघरबाट मठमन्दिर मौलाहरू
सिँगारपटार गर्दै
अग्ला अग्ला लिङ्गामा
ध्वजापताका फहराउँदै
कैयाैँ वर्षको तुस डकार्दै
राँगा बोका हाँस कुखुराको
घाँटीमा तरवार सोज्याउँदै
दरवार भित्रबाट
शहीदका रगतले लुछुप्प
भिजेको दानवको रुपमा
मानव बनेर आयो
बडादशैँ ।

०००
कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
बोल्दै नबोल्ने भयो

बोल्दै नबोल्ने भयो

बालकृष्ण खनाल
भागेर जो गैगयो

भागेर जो गैगयो

बालकृष्ण खनाल
बूढो भएछू अब

बूढो भएछू अब

बालकृष्ण खनाल
हो स्वर्ग मेरो घर

हो स्वर्ग मेरो घर

बालकृष्ण खनाल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x