साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (३७)

गीतको तालमा नाच्ने उर्दी गरेर थाक्दिनँ उर्दी मान्दैन जोमान्छे बाँकी कदापि राख्दिनँ । विदेशी मन्त्र घोकेर देशको गर्छु शासन दर्बिलो देशभन्दा होस् भन्ने लाग्दछ आसन ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

कोको प्रसादमा भुल्छन् कोको खाजा रुचाउँछन्
कोसक्छन् चाकरी गर्न को नामर्द डराउँछन् ।४६६।

यस्ता कुराहरू राम्रो बुझी काम खटाउँछु
चित्तबुझ्दो गरे काम राम्रै चारो चटाउँछु ।४६७।

गणतन्त्र प्रजातन्त्र मेरो मन्त्र छ ओठमा
मुद्दामाम्लो सबै टुङ्गो लगाइँनेछ नोटमा ।४६८।

जेजे इच्छा छ त्यो गर्छु यो मेरो अधिकार हो
मेरो पेवा प्रजातन्त्र वास्ता अन्यत्र गर्छ को ? ।४६९।

आफ्नो संस्कारनै थोत्रो फोहोर देख्न थालियो
अरूको तुच्छ संस्कार राम्रो लाग्योअँगालियो ।४७०।

बाठो बन्दै हिजोआज नयाँ कदम चालियो
चुलामा जल हालेर बाटोमा अग्नि बालियो ।४७१।

कसैको पक्षमा लाग्छु निश्पक्ष नीति जान्दिनँ
माया आफन्तको लाग्छ अरू मानिस ठान्दिनँ ।४७२।

परका परफालेर वरका वर तान्दछु
धरोधर्म यसो गर्दा मजा असाध्य मान्दछु ।४७३।

मीठो वा नमिठो केहो मलाई चाख्न आउँछ
म जस्तो नहुनेलाई खोरमा राख्न आउँछ ।४७४।

आफू जस्तै अरूमान्छे देखे आनन्द मान्छु म
जो खादैनन् कुरा मेरा निखार्नु बेस ठान्छु म ४७५)

चाकरी नगरी चाहिँ चाहेको चर्न जान्दिनँ
चम्चाबाट चलेकोछु चम्चै ठान्छु अभिन्न म ४७६)

आफू राम्रो अरूलाई गोठाला झैँ गराउँछु
साह्रै राम्रो गरेँ आफ्नो गीत आफैं म गाउँछु ।४७७।

मेरो गीत तिमी गाऊ अरूलाई कराउँछु
अरूको लय राम्रो भो भने फेरि डराउँछु ।४७८।

गीतको तालमा नाच्ने उर्दी गरेर थाक्दिनँ
उर्दी मान्दैन जोमान्छे बाँकी कदापि राख्दिनँ ।४७९।

विदेशी मन्त्र घोकेर देशको गर्छु शासन
दर्बिलो देशभन्दा होस् भन्ने लाग्दछ आसन ।४८०।
क्रमशः

०००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 year ago

आफ्नो डम्फु बजाएर लोकलाई सुनाउनू
जो सुन्दैन कुरा काट्छ खोरभित्र थुनाउनू

Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
1
0
Would love your thoughts, please comment.x
()
x