साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सय अङ्क

बाढी नआएको भए पुल बगाएको भए मान्छे नमरेका भए तिमी विदेश नगएकी भए जनताले सरकार भेटेका भए तिमीले जिद्धी नगरेकी भए तिम्रो सय अङ्क आउने थियो ।

Nepal Telecom ad

भोलानाथ सुबेदी :

एक दिन छोरीले भनी
बा म मास्टर हुन्छु
प्रश्न आफैं बनाउँछु
उत्तर आफैं लेख्छु
कापी आफैं जाच्छु
नम्बर आफैं दिन्छु
म अलमलमा परेँ
छोरीले सय अङ्कको
प्रश्न आफैं बनाई
उत्तर आफैं लेखी
कापी आफैं जाँची
सत्तरी अङ्क मात्र ल्याई
अगाडिबाट जोड्दा नि भएन
पछाडिबाट जोड्दा नि भएन
क्याल्कुलेटर थिच्दा नि भएन
पटक पटक जोड्दा नि
सय अङ्क आएन
छोरी अलमलमा परी
रुन थाली
मलाई गाली गर्दै दोष दिई
मैले भनेँ
छोरी
बाढी नआएको भए
पुल बगाएको भए
मान्छे नमरेका भए
तिमी विदेश नगएकी भए
जनताले सरकार भेटेका भए
तिमीले जिद्धी नगरेकी भए
तिम्रो सय अङ्क आउने थियो
अनुहारमा खुसी छाउने थियो ।

०००
काठमाडौं
९८४३०५४१६१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
बजार कसकाे ?

बजार कसकाे ?

भोलानाथ सुबेदी
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
मुला

मुला

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x