चूडामणि रेग्मीआफ्नो मुख आफैँ हेर्ने सुझाउ
चेक काट्न पाउनुपर्छ, मान्छेको भिड लागेर रसिद काट्न पाउनुपर्छ, मान्छेको स्रेस्ता अलिकति न ठिक हुनुपर्छ, मान्छेलाई अलिक हतार हुनुपर्छ मान्छेलाई अलिकति अप्ठ्यारो पर्नुपर्छ ।

चूडामणि रेग्मी :
पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश – मि. झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि – चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हूँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।
ऐना हेर !
होइन गफडीजिउ, इलामको भ्रष्टाचारको त कुरै नगरौँ । अनि झिल्झिलेतिरको वनभ्रष्टाचारको त चर्चै नगरौँ ।’ महाशयका कुरा सुन्नेबित्तिकै गफडी सन्कियो । (सन्किनु पनि एक विकृति नै हो) र उसले महाशयलाई यत्ति नै भन्यो- ‘हेर महाशयाजिउ, एक पटक तिमी आफ्नो पनि अनुहार हेर र भ्रष्टाचार खोज । तिम्रो चेहरामा पनि दुई-चार हजार भ्रष्टाचार झल्कनेछ ।’ यति भनी गफडी डेरातिर लाग्यो र उसले आफ्नो अनुहार हेर्यो । नभन्दै गफडीका चेहरामा पनि भ्रष्टाचारका झिल्काझिल्की झल्के । हो, यहाँ पर्मिटका झिल्का थिएनन्, सहुलियतका धर्सा थिएनन्, त्यहाँ संघ-संस्थाका रकम हडपेका रेखा थिएनन् र थिएनन् गुप्तचरी गरी हत्याएका ठेक्का-पट्टाका जोड-घटाउ चिह्न । त्यहाँ थिएनन् किर्ते जालीका लिफा, त्यहाँ थिएनन् कालो धनका लप्का ! तर पनि त्यहाँ थिए अनेकौ झिल्काभिल्की !
भ्रष्टाचारै-भ्रष्टाचार !
जङ्गल साफ भए केले ? नयाँ शिक्षापद्धति सेलायो, केले ? उद्योग-धन्दा कुँजिए, केले ? एउटै उत्तर छ- प्रत्येक जिम्मेवारले ऐनामा हेरून्, पाउनेछन् भ्रष्टाचारको भूगोल । आज पर्यटन किन उठ्न सकेन ? भ्रष्टाचार डुल्नाले ! आज भन्सार कर, मालपोत, अन्तःशुल्क र जिल्ला कार्यालयभित्र पस र हेर तिमीले कति घुस ख्वायौ ? तिमी पनि हेर नाजायज रूपमा कति गोजीभित्र हाल्यौ ? आफू ऐना हेर अनि छाती छाम । व्यक्ति हो- तिमीले के-के गरेका रहेछौ ? देशमा के-के भएको रहेछ ?
कसले कसलाई भन्ने ?
गफडीले एउटा लामो ताँती देख्यो- जो ल्डङ बनाउने मात्र धुनमा छ, कार कुधाउने मात्र सुरमा छ । आफू र आफन्त बनाउने उपायमा मात्र ऊ छ । गफडीले एक्लै भन्यो- कुनै त खर्दार पनि सर्दार छन् भने कुनै शाखाअधिकृत खान पाउन्नन् । यहाँ ठुलाले मात्र पोक्याउन्न, भेटे सानो पनि दाब्छ ! हात थाप्ने ठाउँ भेटे जसले जत्ति पनि लफन्ड्याउँछ । चेक काट्न पाउनुपर्छ, मान्छेको भिड लागेर रसिद काट्न पाउनुपर्छ, मान्छेको स्रेस्ता अलिकति न ठिक हुनुपर्छ, मान्छेलाई अलिक हतार हुनुपर्छ मान्छेलाई अलिकति अप्ठ्यारो पर्नुपर्छ । बस ! जेव गरम गर्ने दाउ भनेजति लागिहाल्छन् !
पातमा पात ! बातमा बात !
लेखक किन बिग्रिए ? हे लेखकहरू, लेखनाथ पढेकै छौ । ‘धनमहिमा’ ले । पत्रकार किन बिग्रिन्छ ? (पातमा पात भएझैँ बातमा बात !) मुद्राराक्षसको जादू धनको मदले ! चाकरी किन फस्टायो ? धनका लागि ! चुक्ली किन सप्रियो । धनका लागि । पहला र निला किन लड्दैछन् ? अप्रत्यक्षतः सायद यसैका लागि हो कि ? । ऐना हेर हे प्रत्येक हो ? तिम्रो लड्ने इरादा सञ्चालक को हो ? किन हो । गफडी आत्मदर्शी भएको होइन पर्नु हो, बरू ऊ हो यथार्थ । यहाँका नवधनाढ्य मात्र होइनन् भ्रष्टाचारी ! यहाँ थुप्रै नवयुवकहरूले ऐना हेर्नुपर्छ आफू के गर्दैछन् ? प्रत्येकले ऐना हेर्नुपर्छ- उनी के गर्दैछन् ? (जे सडेर गएका, मरेर जाने ! तड्पिएर बसेकाप्रति गफडीको पूणर् श्रद्धा छ !) आज धेरै प्रत्येक गाली जान्दछ, दोस्न खग्गू छ तर त्यस्ता प्रत्येकलाई गफडीको सुझाउ छ, उनी ऐना हेरून् ! (ऐना हेरेपछिका मनका बात आज यति नै !) आगे फेरि ।
युगज्ञान वर्ष ११, अङ्क २६, २०३७
०००
‘गफडीका गफ’ (२०६३)








































जय होस् व्यङ्ग्य गुरुको