साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यस्तो बनूँ छु जिन्दगी !!

जहाँ पौडी खेल्छन् तनमन खुला अङ्ग वयका, सबै भाका हाल्ने सृजनमन माधुर्य लयका ! म हूँ सङ्गीतात्मा सहज गति तैरूँ तरलमा ,सबै आस्था अट्ने अनुज उपमाको सरलमा !!

Nepal Telecom ad

कलानिधि दाहाल :

म सोधूँ आफैँमा असल छु कि वा छुद्र छु कतै
म भेटूँ आफैँमा चुलबुल छु वा भद्र छु कतै !
चिने आफू आफैँ प्रथम घर यो बन्दछ सफा
म पैलो हूँ मूल्याङ्कित हुन सके साफ छु दफा !!

उचा अग्ला शैलाकृतिसरि उठौँ उन्नत भई
सबै माझी भित्री अतल गहिरो गह्वर गई !
ममा जन्मे मेरो सबलपनको भाव गहिरो
म मान्छेको मान्छे अचलचलमा जान्न पहिरो !!

थिएँ कैले कस्तो मसँग म झुके बुझ्दछु सब
ममा मैले बुझ्दा मनकलुष यो स्वच्छ छ सब !
कुनै कोही कस्तै जन पनि यता आउन भनी
कहाँ आए को को ? मनमन गरौँ प्रश्न म पनि !!

म नाङ्गो आएको पछि पनि उता जान्छु यसरी
नचाही आएको रमझम सबै छाड्छु यसरी !
न खोजेँ नानाका अपरिमितका सोख कहिले
न खोजेँ खानाका परिमित कुनै भोक कहिले !!

म अग्लो शैलश्री तलतिर पहरा श्वेत रङका
लता नौरङ्गी छन् लहर लयमा साधु पनका !
तिनै त्यस्तै साधा सवनम बनूँ प्राञ्जल मति
नढाँट्ने आफैँमा अनुपम छटाको नव गति !!

न हूँ घोप्टे घाँडो परजन कतै पीडित हुने
दिई सास्ती अर्को सजधज भई सान सजिने !
झिकी आफ्नै गाना छु असल म राम्रो मन भनी
भई आत्मश्लाघी हठशठ सबै दुर्मति गनी !!

न ल्याएको केही न त छ सँगमा लान सकिने
न पाएको केही अमर न कुनै पाउ सजिने !
अरे, मान्छे ! मान्छे मन जल बनूँ तैरन हुने
सबै जम्का मारी सहज म बनूँ ती दिल छुने !!

जहाँ पौडी खेल्छन् तनमन खुला अङ्ग वयका
सबै भाका हाल्ने सृजनमन माधुर्य लयका !
म हूँ सङ्गीतात्मा सहज गति तैरूँ तरलमा
सबै आस्था अट्ने अनुज उपमाको सरलमा !!

म दम्भी ढोँङीको अविरल चिताको जलन हूँ
म साझा खुल्नेमा कमल दिलको त्यो मलम हूँ !
छली ठग्दै खाने कलुष मनको झापड म हूँ
श्रमी ठेला उठ्ने मधुर मुखको पापड म हूँ !!

०००
कलेकुटी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
नेता म मानूँ किन ??

नेता म मानूँ किन...

कलानिधि दाहाल
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x