साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो हो नि परिवर्तन !!!

परिवर्तन हो बाबै परिवर्तन दुःखको कुरा अब मनबाट धुनु अरे परिवर्तनका लागि यति ता हुनु पर्याे नि गजब छ मेरो देशको अवस्था हामीले थाप्लामा बोकेका छौँ अर्काको जुठो व्यवस्था ।

Nepal Telecom ad

हाेम सुवेदी :

गजब छ मेरो देशको अवस्था
हामीले थाप्लामा बोकेका छौँ
अर्काको जुठो व्यवस्था ।
चोखो खान हामीलाई कहाँ जुरेको छ र
हामीले स्वीकारेका छौँ
जसले खन्छ आफ्नै घरको चर
हिजोका हामी नर आज वानर
गजब छ मेरो देशको अवस्था
हामीले थाप्लामा बोकेका छौँ
अर्काको जुठो व्यवस्था ।

हामीले भत्काउन जानेका छौँ
अर्काको कुरा दिमागमा
फत्काउन जानेका छौँ
अर्काको गीत गाउन जानेका छौँ
यस्तो अर्ती लिने दिने
गजब छ मेरो देशको अवस्था
हामीले थाप्लामा बोकेका छौँ
अर्काको जुठो व्यवस्था ।

देश विकास गर्ने अनुहार कस्ता कस्ता
देख्दै अपगति परिन्छ जस्ता
उसलाई सारै मजा आउँथ्यो
गरिबको छातीमा छुरी धस्ता
डरमर्दो थियो उसले घरमा पस्ता
सुख शान्ति थिएन टुसुक्का बस्ता
गजब छ मेरो देशको अवस्था
हामीले थाप्लामा बोकेका छौँ
अर्काको जुठो व्यवस्था ।

हिजो नाङ्गा खुट्टाले रातरात हिँड्थ्यो
आज टाइ र सुट लाउँछ
जसको जन्म आतङ्कबाट भएको थियो
उही आज शान्तिको गीत गाउँछ
जो एसएल आर र बम थमाउँथ्यो
उही आज शान्तिको परेवा उडाउँछ
गजब छ मेरो देशको अवस्था
हामीले थाप्लामा बोकेका छौँ
अर्काको जुठो व्यवस्था ।

जनमनहरुले समय कटनीका रुपमा
तास खेलेर दुःख भुलाउँदा
तास खुवाउँथ्यो
सामन्त र शोषकको उछित्तो सुनाउँथ्यो
आज उही क्यासिनोको मालिक छ
भन्छ परिवर्तन हो सबै ठिक छ
हिजो बारुदको धूपबत्ती सल्काउँथ्यो
आज ५५५ को धुवाँ उडाउँछ
हिजो धार्मिक पाठ्यक्रम जलाउँथ्यो
आज पुरान लाउँछ
गजब छ मेरो देशको अवस्था
हामीले थाप्लामा बोकेका छौँ
अर्काको जुठो व्यवस्था ।

यसै व्यवस्थामा अभ्यस्त हुनु अरे
देश काया पलट गरेर चुचुरो छुनु अरे
परिवर्तन हो बाबै परिवर्तन
दुःखको कुरा अब मनबाट धुनु अरे
परिवर्तनका लागि यति ता हुनु पर्याे नि
गजब छ मेरो देशको अवस्था
हामीले थाप्लामा बोकेका छौँ
अर्काको जुठो व्यवस्था ।

०००
भद्रपुर झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x