साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन भने उहाँ त्यस्तै हुनुहुन्छ

सबै कुरा गर्नु हुन्छ तर सत्य कुरा बोल्नु हुन्न । उहाँ चाकरी गर्नु हुन्छ चाकरी खोज्नु हुन्छ सबै कुरा गर्नु हुन्छ तर सत्य कुरा बोल्नु हुन्न । किन भने उहाँ त्यस्तै हुनुहुन्छ ।

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

उहाँ कुम हल्लाउनु हुन्छ
जुँगा चलाउनु हुन्छ
आँखा झिम्क्याउनु हुन्छ
तर सत्यकुरा बोल्नु हुन्न ।

उहाँ मन्दिर धाउनु हुन्छ
भजन गाँउनु हुन्छ
सत्ता उक्लिनु हुन्छ
झर्नु हुन्छ
पिउनु हुन्छ
पिलाउनु हुन्छ ।
सबै कुरा गर्नु हुन्छ
तर सत्य कुरा बोल्नु हुन्न ।

उहाँ बेलुन जस्तै फुल्नु हुन्छ
फुलाउनु हुन्छ
उड्नु हुन्छ
उडाउनु हुन्छ
फुट्नु हुन्छ
फुटाउनु हुन्छ
सबै कुरा गर्नु हुन्छ
तर सत्य कुरा बोल्नु हुन्न ।

उहाँ नाच्नु हुन्छ
नचाउनु हुन्छ
आदेश मान्नुहुन्छ
आदेश दिनुहुन्छ
उफ्रिनु हुन्छ
उफार्नु हुन्छ
सबै कुरा गर्नु हुन्छ
तर सत्य कुरा बोल्नु हुन्न ।

उहाँ मालिक रिझाउनु हुन्छ
मालिक बन्नु हुन्छ
झोला बोक्नु हुन्छ
झोले बनाउनु हुन्छ
सबै कुरा गर्नु हुन्छ
तर सत्य कुरा बोल्नु हुन्न ।

उहाँ चाकरी गर्नु हुन्छ
चाकरी खोज्नु हुन्छ
सबै कुरा गर्नु हुन्छ
तर सत्य कुरा बोल्नु हुन्न ।
किन भने उहाँ त्यस्तै हुनुहुन्छ ।

०००
गोरखा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x