चूडामणि रेग्मीभलादमी गफ !
ए ! मेरो प्यारी भाइले पनि भलादमीका कुरा सुन्न चाहेको थियो । गफडी आफै एक प्रकारको लम्फूराम भलादमी हो भने यहाँका नाना रूपका भलादमीलाई ऊ यति साना पातामा कसरी चिनाई चित्रण गर्न सक्छ ?

चूडामणि रेग्मी :
पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश – मि. झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि – चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हूँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।
भलो+आदमी भलादमी
पैसा कमाउन नसकेर (पेटसम्म चाहिँ पालेकाले सिल्ली नभनिएको है ।) लम्फूको लालखातामा निकै वर्षदेखि रजिस्टर्ड हुँदै गएको, ‘गरेको छु’ मा आफू मख्ख, तर कस्ता-कस्ता सुनौला चानसमा पनि उसका के-केजातिहरूका अगाडि केही गर्न नसक्ने निर्धा हुने, वेलामा वलियो हुने वलियो हुने वेला निर्धा हुने अर्थात् पँहेलो निलो नजान्ने गधाको अनुहारको गाईपरानी लम्फू नामधारी भलो+आदमी = अर्थात् भलादमी पुरुष को हो ? यसको एउटा उत्तर हो = गफडी । (उत्तर धेरै हुन सक्दैनन् भन्दैन है गफडी) सही यस्तै रहेछ गफडी, तर यस गफमा एकछिन केही कुरा सुनाउँछ यो गफडी- सुन्नोस् गफडीका गफ !
‘आम्माम्मा ! मोसामा हो । यहाँ त भलादमीहरू !’ विराटनगरका एउटा ग्रामीण नेपालीले बाटामा भने । उनले जे मनसायले ‘भलादमी’ भने (यहाँ भलादमी त रोड पनि छ ! गफडीका दिमागमा नाना कुरा खेले भलादमीभित्र । यहाँका लिपिस्टिक र फेसन देखेर यहाँका सहरिया धन कमाउने, मोज गर्ने र राम्रो रहन-सहनमा बस्ने होडबाजी देखेर गफडीले पूर्वोक्त भलादमी गफडीले धेरैलाई भलादमी ठान्यो । ग्रामीणले भनेका भदालमी को हुन् ? उसले राम्रो बुझाउन सकेन । सिनिमामा अर्काका कुर्सीमाथि गोडा राखेर चरित्रहीन हिरोका गतिविधिलाई ‘सुधारिएको’ भनी व्यङ्ग्य गर्ने फुक्कातन्त्रवादी भलादमी हुन् वा सिनेमा र फेसनका लागि ‘सतीत्व’, ‘यौन’, ‘चरित्र’, ‘इमानदारी’ आदि बेच्ने कुमारी युवतीको समूह हो कि भलादमीको अर्को रूप ? अथवा मुखले ‘अधिकार’ र हक, कामले र मनले ‘अधिकार-हनन’ मा मन्तव्य दिने यो कारकुधुवा वर्ग, बिल्डिङवसुवा वर्ग, घुसले उकुसमुकुस हुने वर्ग, जनताको जयगान गरी आफन्तका टाउकाभरि सिन्दूर खन्याएर मुखभरि रक्सी ओकल्ने वर्ग, कुन हो भलादमी ?
“भलादमीका विराट रुप । ‘भलादमी वन’ भन्थे गुरुवर्य । अहिले यसो बजार च्याउँदा गफडीका मनमा लाग्यो- जनताको हक र हितमा लड्ने पत्रकार साहित्यकार पनि ‘भलादमी’ नै रहेछन् किनभने उनले आफ्नी स्वास्नीका ओठमा लिपस्टिक दलिने बाटोलाई नै जनताको बाटो भन्या रहेछन् । गफडीले प्रत्येक मोटर साइकल चढी ‘जेन्टलम्यान’ को ‘म्यानत्व’ मा झल्कने भलादमीपनभित्र भुट्ट आवाजद्वारा थाहा पायो- ऊ पनि त्यस्तो भलादमी हो, जो जनताको आवाजमा नै भलादमी भएको छ जसको भुटुटु जसको भलादमीपनको आवाजे वारिस हो । घुम्ने कुर्सीमा पनि भलादमीपन टाँसिएको छ- गुड्ने कार त सच्चा नमुनै हुन् भलादमीपनका । खोजे विराट् रूप छन् यसका । गाउँका थरी-जिम्मावालदेखि सहरका सेठ-धनाढ्यको प्रत्येक स्पन्दनमा भलादमीपन छाएको छ-जसमा नै भलादमीको स्ट्याम्प लाग्दछ ।
कुराको जिली-गाँठी !
वास्तवमा, कसैले कसैलाई दोस्नु बेकार छ । यहाँ शुम्भ-निशुम्भ भई कोही आफ्नो खाले भलादमीपन दसांउँछन् भने कोही विभीषणहरूको भलादमीपन पनि इतिहासप्रशम्स्य र प्रसिद्ध छ । कुम्भकणर्को भलादमीपन निद्रा र मृत्यु हो भने विभीषणको र हनुमान्को भलादमीपन आआफ्नो तालको ऐतिहासिक कसी हो । विभीषण हुन्छ मान्छे, हनुमान् हुन्छ मान्छे, कुम्भकणर् हुन्छ मान्छे भलादमीका नाता रूप हुन् र यसको जिलीगाँठी पनि चिनौ भन्छ-गफडी । अरे । सबभन्दा लोभी दानी हुन्छ यहाँ भने सबभन्दा ठग इमान्दार बन्न खोज्छ यहाँ । मिल ठड्याएर जनता चुस्ने पनि, जङ्गलको ठेक्का लिएर धन लुट्ने पनि जनताकै कुरा गर्ने भएपछि वो भलादमीपन कता-कता कसरी कसरी वस्छ, मननीय छ । गफडीको बबुरो भालदमीपन र महाशयहरूको चतुरो भलादमीपनबारे पढ्ने वर्गवाट घोत्लिनु नै आवश्यक छ ।
पातमा पात ! बातमा बात !
‘जसको शक्ति उसको भक्ति । उहिल्यै भन्थे । हो रहेछ । ‘पैसा भएपछि ऐसा यो पनि भन्थे, हो रहेछ । बबुरो भलादमी यस्तै कुराले हुन्छ भने महाशयहरू भलादमी निजहरूका निजी विशेषताले नै हुन्छन् । भलादमीको सही चिनारी पातमा पात भए झै बातमा बाते हुँदा भनेको हो- अखबारका लेखाइ हेर्नोस्, साहित्यकारका बयान हेर्नोस्, राजनीतिमा काम गर्नेका चालामाला हेर्नोस् र तपाईं हाम्रो बस-उठ, हिँडाइ, डुलाइ गम्नोस्- सबैको दिग्दर्शन हुन्छ, गहिरिएर हेरे । गफडी धनमहिमा देख्छ भने शक्तिपुराण पनि सुन्छ र सुनाउन चाहन्छ । ए ! मेरो प्यारी भाइले पनि भलादमीका कुरा सुन्न चाहेको थियो । गफडी आफै एक प्रकारको लम्फूराम भलादमी हो भने यहाँका नाना रूपका भलादमीलाई ऊ यति साना पातामा कसरी चिनाई चित्रण गर्न सक्छ ? जे होस्, हालसाल कैयौँ ब्रह्मलुटे भलादमीहरूले जनसमर्थन पाएका छन् र बुढा र प्रौढ यस कालमा पनि हनिमुन मनाउँदै छन् भने युवकहरू मस्त छन् अबिरलाई नाच्न । जे होस्, जसरी होस् । आफ्नो प्रकारको भलादमी गफडी आफ्ना विशेषतायुक्त ती अनेकौं स्वनामधन्य भलादमीवर्गप्रति हार्दिक शुभकामना बढाउँदै शिष्टतापूर्वक लेखनी वन्द गर्दैछ । आगे फेरि ।
०००
युगज्ञान वर्ष ११, अङ्क ३०, २०३७
‘गफडीका गफ’ (२०६३)
Subscribe
Login
0 Comments
Oldest







































