साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भलादमी गफ !

ए ! मेरो प्यारी भाइले पनि भलादमीका कुरा सुन्न चाहेको थियो । गफडी आफै एक प्रकारको लम्फूराम भलादमी हो भने यहाँका नाना रूपका भलादमीलाई ऊ यति साना पातामा कसरी चिनाई चित्रण गर्न सक्छ ?

Nepal Telecom ad

चूडामणि रेग्मी :

पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश – मि. झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि – चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हूँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

भलो+आदमी भलादमी
पैसा कमाउन नसकेर (पेटसम्म चाहिँ पालेकाले सिल्ली नभनिएको है ।) लम्फूको लालखातामा निकै वर्षदेखि रजिस्टर्ड हुँदै गएको, ‘गरेको छु’ मा आफू मख्ख, तर कस्ता-कस्ता सुनौला चानसमा पनि उसका के-केजातिहरूका अगाडि केही गर्न नसक्ने निर्धा हुने, वेलामा वलियो हुने वलियो हुने वेला निर्धा हुने अर्थात् पँहेलो निलो नजान्ने गधाको अनुहारको गाईपरानी लम्फू नामधारी भलो+आदमी = अर्थात् भलादमी पुरुष को हो ? यसको एउटा उत्तर हो = गफडी । (उत्तर धेरै हुन सक्दैनन् भन्दैन है गफडी) सही यस्तै रहेछ गफडी, तर यस गफमा एकछिन केही कुरा सुनाउँछ यो गफडी- सुन्नोस् गफडीका गफ !

‘आम्माम्मा ! मोसामा हो । यहाँ त भलादमीहरू !’ विराटनगरका एउटा ग्रामीण नेपालीले बाटामा भने । उनले जे मनसायले ‘भलादमी’ भने (यहाँ भलादमी त रोड पनि छ ! गफडीका दिमागमा नाना कुरा खेले भलादमीभित्र । यहाँका लिपिस्टिक र फेसन देखेर यहाँका सहरिया धन कमाउने, मोज गर्ने र राम्रो रहन-सहनमा बस्ने होडबाजी देखेर गफडीले पूर्वोक्त भलादमी गफडीले धेरैलाई भलादमी ठान्यो । ग्रामीणले भनेका भदालमी को हुन् ? उसले राम्रो बुझाउन सकेन । सिनिमामा अर्काका कुर्सीमाथि गोडा राखेर चरित्रहीन हिरोका गतिविधिलाई ‘सुधारिएको’ भनी व्यङ्ग्य गर्ने फुक्कातन्त्रवादी भलादमी हुन् वा सिनेमा र फेसनका लागि ‘सतीत्व’, ‘यौन’, ‘चरित्र’, ‘इमानदारी’ आदि बेच्ने कुमारी युवतीको समूह हो कि भलादमीको अर्को रूप ? अथवा मुखले ‘अधिकार’ र हक, कामले र मनले ‘अधिकार-हनन’ मा मन्तव्य दिने यो कारकुधुवा वर्ग, बिल्डिङवसुवा वर्ग, घुसले उकुसमुकुस हुने वर्ग, जनताको जयगान गरी आफन्तका टाउकाभरि सिन्दूर खन्याएर मुखभरि रक्सी ओकल्ने वर्ग, कुन हो भलादमी ?

“भलादमीका विराट रुप । ‘भलादमी वन’ भन्थे गुरुवर्य । अहिले यसो बजार च्याउँदा गफडीका मनमा लाग्यो- जनताको हक र हितमा लड्ने पत्रकार साहित्यकार पनि ‘भलादमी’ नै रहेछन् किनभने उनले आफ्नी स्वास्नीका ओठमा लिपस्टिक दलिने बाटोलाई नै जनताको बाटो भन्या रहेछन् । गफडीले प्रत्येक मोटर साइकल चढी ‘जेन्टलम्यान’ को ‘म्यानत्व’ मा झल्कने भलादमीपनभित्र भुट्ट आवाजद्वारा थाहा पायो- ऊ पनि त्यस्तो भलादमी हो, जो जनताको आवाजमा नै भलादमी भएको छ जसको भुटुटु जसको भलादमीपनको आवाजे वारिस हो । घुम्ने कुर्सीमा पनि भलादमीपन टाँसिएको छ- गुड्ने कार त सच्चा नमुनै हुन् भलादमीपनका । खोजे विराट् रूप छन् यसका । गाउँका थरी-जिम्मावालदेखि सहरका सेठ-धनाढ्यको प्रत्येक स्पन्दनमा भलादमीपन छाएको छ-जसमा नै भलादमीको स्ट्याम्प लाग्दछ ।

कुराको जिली-गाँठी !
वास्तवमा, कसैले कसैलाई दोस्नु बेकार छ । यहाँ शुम्भ-निशुम्भ भई कोही आफ्नो खाले भलादमीपन दसांउँछन् भने कोही विभीषणहरूको भलादमीपन पनि इतिहासप्रशम्स्य र प्रसिद्ध छ । कुम्भकणर्को भलादमीपन निद्रा र मृत्यु हो भने विभीषणको र हनुमान्को भलादमीपन आआफ्नो तालको ऐतिहासिक कसी हो । विभीषण हुन्छ मान्छे, हनुमान् हुन्छ मान्छे, कुम्भकणर् हुन्छ मान्छे भलादमीका नाता रूप हुन् र यसको जिलीगाँठी पनि चिनौ भन्छ-गफडी । अरे । सबभन्दा लोभी दानी हुन्छ यहाँ भने सबभन्दा ठग इमान्दार बन्न खोज्छ यहाँ । मिल ठड्याएर जनता चुस्ने पनि, जङ्गलको ठेक्का लिएर धन लुट्ने पनि जनताकै कुरा गर्ने भएपछि वो भलादमीपन कता-कता कसरी कसरी वस्छ, मननीय छ । गफडीको बबुरो भालदमीपन र महाशयहरूको चतुरो भलादमीपनबारे पढ्ने वर्गवाट घोत्लिनु नै आवश्यक छ ।

पातमा पात ! बातमा बात !
‘जसको शक्ति उसको भक्ति । उहिल्यै भन्थे । हो रहेछ । ‘पैसा भएपछि ऐसा यो पनि भन्थे, हो रहेछ । बबुरो भलादमी यस्तै कुराले हुन्छ भने महाशयहरू भलादमी निजहरूका निजी विशेषताले नै हुन्छन् । भलादमीको सही चिनारी पातमा पात भए झै बातमा बाते हुँदा भनेको हो- अखबारका लेखाइ हेर्नोस्, साहित्यकारका बयान हेर्नोस्, राजनीतिमा काम गर्नेका चालामाला हेर्नोस् र तपाईं हाम्रो बस-उठ, हिँडाइ, डुलाइ गम्नोस्- सबैको दिग्दर्शन हुन्छ, गहिरिएर हेरे । गफडी धनमहिमा देख्छ भने शक्तिपुराण पनि सुन्छ र सुनाउन चाहन्छ । ए ! मेरो प्यारी भाइले पनि भलादमीका कुरा सुन्न चाहेको थियो । गफडी आफै एक प्रकारको लम्फूराम भलादमी हो भने यहाँका नाना रूपका भलादमीलाई ऊ यति साना पातामा कसरी चिनाई चित्रण गर्न सक्छ ? जे होस्, हालसाल कैयौँ ब्रह्मलुटे भलादमीहरूले जनसमर्थन पाएका छन् र बुढा र प्रौढ यस कालमा पनि हनिमुन मनाउँदै छन् भने युवकहरू मस्त छन् अबिरलाई नाच्न । जे होस्, जसरी होस् । आफ्नो प्रकारको भलादमी गफडी आफ्ना विशेषतायुक्त ती अनेकौं स्वनामधन्य भलादमीवर्गप्रति हार्दिक शुभकामना बढाउँदै शिष्टतापूर्वक लेखनी वन्द गर्दैछ । आगे फेरि ।

०००
युगज्ञान वर्ष ११, अङ्क ३०, २०३७
‘गफडीका गफ’ (२०६३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x