साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुखभित्रको प्वाल !

छानबिनको रसवरी, उसकै मुखमा सकुञ्जेल कोच्दा समेत अलिकति समेत फाट्दैन । सधैँभरि ताजा-ताजा अनि नयाँ-नयाँ स्वादका खान रुचाउँछ । हामी सबैको मुखभित्रको प्वाल ॥

Nepal Telecom ad

गायत्री परिराेशनी :

दुई दशक पहिला
तिवारी काकीले भन्नुभयो,
नानी मुखभित्रको प्वाल
निकै खञ्चुवा छ ।
गैरीखेत यसैले खायो,
तिलहरी, ढुङ्ग्री, नौगेडी समेत
केही बाँकी राखेन ॥

बीस हलले जोत्ने
पाखो बाली खायो ।
खसी, बोकाले काम चल्दाचल्दै,
दुई खुट्टे र बाँकी चारखुट्टे सबै खायो ॥
अँ-हँ, जति खाए पनि पटक्कै अघाउँदैन ।
हो, साँच्ची काकीको कुरा
अहिले त झन् सान्दर्भिक छ ।

हाम्रो मुखभित्रको प्वालले,
तीन पानेको जुसभन्दा बढी
सित्तैमा झ्याम्म आउने घुस रुचाउँछ ।
सबैभन्दा आफूलाई उत्तम बनाउने
आडम्बरको भुस रुचाउँछ ॥
अलिकति बाँकी पायो भने,
रिति खान्छ, थिति खान्छ,नीति खान्छ ।
सदाचार र नैतिकता खान्छ ॥

भ्रष्टाचार भन्ने उत्तम अचारलाई
जहाँ, जसरी, जहिले मिल्छ
त्यहाँ, त्यसरी, तहिले खान्छ ॥
अँ-हँ अघाउने कुरामा कहिल्यै
थाक्दै – थाक्दैन ॥
छानबिनको रसवरी,
उसकै मुखमा सकुञ्जेल कोच्दा समेत
अलिकति समेत फाट्दैन ।
सधैँभरि ताजा-ताजा अनि
नयाँ-नयाँ स्वादका खान रुचाउँछ ।
हामी सबैको मुखभित्रको प्वाल ॥

०००

स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x