सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मुखभित्रको प्वाल !

छानबिनको रसवरी, उसकै मुखमा सकुञ्जेल कोच्दा समेत अलिकति समेत फाट्दैन । सधैँभरि ताजा-ताजा अनि नयाँ-नयाँ स्वादका खान रुचाउँछ । हामी सबैको मुखभित्रको प्वाल ॥

Nepal Telecom ad

गायत्री परिराेशनी :

दुई दशक पहिला
तिवारी काकीले भन्नुभयो,
नानी मुखभित्रको प्वाल
निकै खञ्चुवा छ ।
गैरीखेत यसैले खायो,
तिलहरी, ढुङ्ग्री, नौगेडी समेत
केही बाँकी राखेन ॥

बीस हलले जोत्ने
पाखो बाली खायो ।
खसी, बोकाले काम चल्दाचल्दै,
दुई खुट्टे र बाँकी चारखुट्टे सबै खायो ॥
अँ-हँ, जति खाए पनि पटक्कै अघाउँदैन ।
हो, साँच्ची काकीको कुरा
अहिले त झन् सान्दर्भिक छ ।

हाम्रो मुखभित्रको प्वालले,
तीन पानेको जुसभन्दा बढी
सित्तैमा झ्याम्म आउने घुस रुचाउँछ ।
सबैभन्दा आफूलाई उत्तम बनाउने
आडम्बरको भुस रुचाउँछ ॥
अलिकति बाँकी पायो भने,
रिति खान्छ, थिति खान्छ,नीति खान्छ ।
सदाचार र नैतिकता खान्छ ॥

भ्रष्टाचार भन्ने उत्तम अचारलाई
जहाँ, जसरी, जहिले मिल्छ
त्यहाँ, त्यसरी, तहिले खान्छ ॥
अँ-हँ अघाउने कुरामा कहिल्यै
थाक्दै – थाक्दैन ॥
छानबिनको रसवरी,
उसकै मुखमा सकुञ्जेल कोच्दा समेत
अलिकति समेत फाट्दैन ।
सधैँभरि ताजा-ताजा अनि
नयाँ-नयाँ स्वादका खान रुचाउँछ ।
हामी सबैको मुखभित्रको प्वाल ॥

०००

स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हेरौँ न त सरकारको पाइन

हेरौँ न त सरकारको...

गायत्री परिरोशनी
नयाँ वर्षको शुभकामना !

नयाँ वर्षको शुभकामना !

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
खाने अभ्यास !

खाने अभ्यास !

गायत्री परिरोशनी
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
पोथी बासेपछि !

पोथी बासेपछि !

गायत्री परिरोशनी
हाम्रो अड्डामा

हाम्रो अड्डामा

नवराज कार्की
सबैलाई सुपाच्य

सबैलाई सुपाच्य

रामदेव पाण्डे
भाग्यमानी

भाग्यमानी

बिनुबाबा घिमिरे
गाैरादह

गाैरादह

खगेन्द्र नेउपाने
बिग्रेछ चाला पुरा

बिग्रेछ चाला पुरा

माधव पोखरेल गोज्याङ्ग्रे
त्यसपछि…

त्यसपछि…

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x