साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लक्ष्मण गम्म नाके

आमन्त्रित व्यक्तिको नाम लक्ष्मण गम्मनाके भन्ने थियो । एकछिन मनमनै गम खाएँ, को रहेछ यो गम्म नाके भनेर । तलपट्टि ‘विशिष्ट अतिथि, वक्ता’ पनि लेखेको देखेपछि मेरो नाक पनि गम्म भयो ।

Nepal Telecom ad

लक्ष्मण गाम्नागे :

सबैमा नमस्कार ।
सर्वप्रथम लामो समय शिक्षण पेशामा लागेर अवकासको समयमा साहित्य सिर्जना जस्तो सत्कर्ममा लाग्नुभएका कथाकार आदरणीय शिवप्रसाद पाण्डे सरलाई हार्दिक बधाई दिन्छु । कथाका बारेमा समालोचकज्यूहरुले भन्नु नै हुनेछ । म कथाको समीक्षा वा टिप्पणी गर्न सक्ने मनुख्खे होइन, मेरो विषय र क्षेत्र पनि त्यो होइन । म यो पुस्तकसँग र आजको यो कार्यक्रमसँग संयोगवश जोडिएको पात्र हुँ । कथाकार शिवप्रसाद पाण्डेसँग मेरो अघिल्लो जन्ममा केही कारोबार, सम्बन्ध, मित्रता, नाता केही थियो होला र उहाँसँग म यसपालिको जुनीमा पनि जोडिएँ हुँला भन्ने अन्धविश्वास सँगालेको छु । यो सम्बन्धलाई सम्बन्धित बनाउन यही जन्ममा त्योभन्दा पनि बढी निकटताको नाता भएका डा. रविन्द्र समीरको भूमिका छ ।

केही कारणहरुले, केही परिबन्दले म मञ्जरी प्रकाशनमा संलग्न भएका कारण कथाकार शिवप्रसाद पाण्डेसँग पनि भेटिन पुगेँ । मेरा लागि एक नयाँ लेखकसँग एक नयाँ परिचय स्थापना भयो । एउटा नयाँ कृति हाम्रो साहित्यमा प्रवेश गरेको घटनाको प्रत्यक्षदर्शी हुन पाएँ । यो अवसरका लागि दुवै आदरणीय पाण्डेज्यूहरुप्रति आभारी छु ।

एउटा रहस्य खोल्छु, म यो समारोहमा झण्डै नआएको ! यसको कारण छ । आजभन्दा निकै दिन अघि एउटा कलरफूल निम्तापत्र मेरो अड्डामा फेला परेको थियो । त्यसमा आमन्त्रित व्यक्तिको नाम लक्ष्मण गम्मनाके भन्ने थियो । एकछिन मनमनै गम खाएँ, को रहेछ यो गम्म नाके भनेर । तलपट्टि ‘विशिष्ट अतिथि, वक्ता’ पनि लेखेको देखेपछि मेरो नाक पनि गम्म भयो । तर फेरि विचार गरेँ, कतै लक्ष्मण गम्मनाके भन्ने कोही अर्कै मानव पनि छ कि यो शहरमा !

त्यसपछि निम्तापत्र ओल्टाइपल्टाइ गरी हेर्दा अर्कापट्टि लक्ष्मण गाम्नाके, व्यङ्ग्य लेखक छापिएको देखेपछि यो मै हुँ कि जस्तो लाग्यो । फेरि मन्जरीकै अफिसमा निम्ता आएपछि पक्कै म बाहेक को होला र भन्ने विचार गर्दैगर्दा शिव सरले फोन नै गरेर निम्ता गरेपछि त्यो गम्मनाके वा गाम्नाके पक्कापक्की मै रहेछु भन्ने कुरामा ढुक्क भएर कार्यक्रममा आएँ ।

मेरो यो उपनामले धेरै धोका खाइसक्यो । कहिले गाम नाघे हुन्छ । कहिले गाउँ नाघे हुन्छ, कहिले ग्वाम्लाङ्गे हुन्छ, कहिले गाम नाङ्गे हुन्छ । कसै कसैले त गाम्ना लेखेर गे छुट्टै पनि लेखिदिन्छन् । कार्यक्रमहरुमा सन्चालक वा वक्ताहरुलाई मेरो नाम लिनु पर्दा निकै सकस हुने गर्छ । कन्दै कन्दै गम्नागे पनि भन्छन्, निधारमा मुजा पार्दै ग्वाम्म नाके पनि भन्छन् । एउटा कलेजमा कार्यक्रम सन्चालक विद्यार्थीले अंग्रेजीमा लेखेको G-A-M-N-A-G-E लाई गम्नेज भनेर पनि बोलाएका छन् ।

गाउँ नाघेर आएकोले गाउँनाघे लेखेको होला भन्ने लाग्छ कसैलाई, गाउँमा नाङ्गै कुद्दा कसैले गाउँ नाङ्गे भनिदिएको र त्यसैलाई मानेको होला भन्ने लाग्दो रहेछ कसैलाई । गम्म परेको गतिलो नाक भएकाले गम्म नाके भनिएको भन्ने पनि लाग्ने रहेछ कतिलाई । धेरै कन्फ्युज हुन्छ । यस्ता अनेक नाम भएका सम्मानपत्र पनि प्राप्त भएका छन् मलाई । ‘किन रोइस् मङ्गले आफ्नै ढङ्गले’ भनेको यही हो । मातापिताले कति खर्च गरेर पुरोहित, ज्योतिषी लगाएर, टिपन चिना ट्याक्क मिलाएर राखिदिएको नाम बिगार्दा यस्तै हुन्छ । खुच्चिङ् पनि भन्छु म आफैंलाई बेलाबेला ।

जे होस्, यो एउटा रमाइलो मात्र हो । नानीदेखि लागेको बानी नछाडेको मात्र हो । किताबको बारेमा विशिष्ट समालोचक, समीक्षक व्यक्तित्वहरुले बोल्ने ठाउँमा मैले बोल्नु नै थिएन, त्यसैले सत्य घटनामा आधारित केही किस्सा कलेक्सन गरेको मात्र हो । शिव सरले धन्य किताबको भूमिकामा आफेंँले लेखेको लक्ष्मण गाम्नागे नाम नहेरी निम्तामा दुईथरी नयाँ नाम लेखिदिनुभएकोले मैले तपाईँहरुलाई एकछिन भए पनि अल्मल्याउन पाएँ । उसो त प्रच्छन्न इन्द्रीय पनि लक्ष्मण गाम्नागे जस्तै अप्ठ्यारो अप्ठ्यारो लागेको थियो मलाई । तर अब हामी यी दुवैसँग परिचित भइसकेका छौँ । म प्रच्छन्न इन्द्रियलाई बिर्सने छैन, शिव सरले पनि लक्ष्मण गम्म नाकेलाई माया गरिराख्नु होला । धन्यवाद ।

०००
(कथाकार शिवप्रसाद पाण्डेको कथा सङ्ग्रह प्रच्छन्न इन्द्रिय को विमोचन समारोहमा प्रस्तुत मन्तव्य ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x