साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्त्री बन्न पाऊँ प्रभु (१)

रित्तो लिई हात कता म जाऊँ मन्त्री हुने काज खटाइपाऊँ ॥ भैँमा परेँ माथि चढाइदेऊ र भ्रष्टको मन्त्र पढाइदेऊ छ सात वा आठ करोडले के हसुर्न पुग्ला र बढाइदेऊ ॥

Nepal Telecom ad

होम सुवेदी :

गन्धेहरू छन् कति सुँघ्नु मैले
मन्त्री छ साँढे कति रुँग्नु मैले
घाँडो भएँ सांसद मात्र बन्दा
लडाइँ गर्ने पनि छैन धन्दा ॥१॥

कुर्सी र सोफा कति तोड्नु व्यर्थ
जितेर भोटै पनि छैन अर्थ
उँघ्दै म यो जीवन के बिताऊँ
मन्त्री नबन्दै म कता बिलाऊँ ॥२॥

भोले म यो भाकल गर्छु आज
डुबेछ जस्तो हुन गो जहाज
रित्तो लिई हात कता म जाऊँ
मन्त्री हुने काज खटाइपाऊँ ॥३॥

भैँमा परेँ माथि चढाइदेऊ
र भ्रष्टको मन्त्र पढाइदेऊ
छ सात वा आठ करोडले के
हसुर्न पुग्ला र बढाइदेऊ ॥४॥

क्रमशः

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x