सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मन्त्री बन्न पाऊँ प्रभु (१)

रित्तो लिई हात कता म जाऊँ मन्त्री हुने काज खटाइपाऊँ ॥ भैँमा परेँ माथि चढाइदेऊ र भ्रष्टको मन्त्र पढाइदेऊ छ सात वा आठ करोडले के हसुर्न पुग्ला र बढाइदेऊ ॥

Nepal Telecom ad

होम सुवेदी :

गन्धेहरू छन् कति सुँघ्नु मैले
मन्त्री छ साँढे कति रुँग्नु मैले
घाँडो भएँ सांसद मात्र बन्दा
लडाइँ गर्ने पनि छैन धन्दा ॥१॥

कुर्सी र सोफा कति तोड्नु व्यर्थ
जितेर भोटै पनि छैन अर्थ
उँघ्दै म यो जीवन के बिताऊँ
मन्त्री नबन्दै म कता बिलाऊँ ॥२॥

भोले म यो भाकल गर्छु आज
डुबेछ जस्तो हुन गो जहाज
रित्तो लिई हात कता म जाऊँ
मन्त्री हुने काज खटाइपाऊँ ॥३॥

भैँमा परेँ माथि चढाइदेऊ
र भ्रष्टको मन्त्र पढाइदेऊ
छ सात वा आठ करोडले के
हसुर्न पुग्ला र बढाइदेऊ ॥४॥

क्रमशः

०००
भद्रपुर, झापा

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हे निद्रा देवी नमो नम:

हे निद्रा देवी नमो...

लक्ष्मण नेवटिया
छाडा कविता

छाडा कविता

खगेन्द्र नेउपाने
रद्धी बने वास्तव

रद्धी बने वास्तव

डा. गाेपाल पाैड्याल ‘मण्डने’
0
Would love your thoughts, please comment.x
()
x