साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अघाएन साँढे

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

अघाएन साँढे चरेको चर्‍यैछ
अझै त्यो उपद्रो गरेको गर्‍यैछ
अनेकौँ नखाने कुरासम्म खायो
अझै घाँस खोज्दै कराएर आयो ।१।

अगौटे पछौटे निल्यो अन्न बाली
अकर्मी उसैको छ हालीमुहाली
अलौटा मकै जौ पस्यो चर्न धान
असन्तोष गर्दै अझै खोज्छ खान ।२।

अपुङ्गो निलेझैँ सबै निल्न जान्ने
अटेरी पटक्कै भनेको नमान्ने
अचम्मै छ छाडा हदैसम्म चाम्रो
असाध्यै बिगार्‍यो कतै छैन राम्रो ।३।

असन्तुष्ट बानी छ साह्रै सतायो
अहो सर्वनासै गर्‍यो दिक्क लायो
असारे नदीझैँ बग्यो आँसु हाम्रो
अँध्यारो छ बस्ती बनायो नराम्रो ।४।

अत्याएर हाम्रै लुट्यो गाँसबास
अगुल्टो उचालौँ दिने हैन घाँस
अपेक्षा गरेथ्यौँ छ होला सुबानी
अघोरै रुवायो सुधारेन बानी ।५।

०००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x