साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भित्तो

ठानिरहेको थिएँ त्यो ढुङ्गामाटोको भित्तो अब सधैंका लागि ढल्यो तर त्यस्तो भएनछ, त्यो भित्तो त मनको भित्तामा पो सरेछ त्यो अब कहिल्यै नढल्ने भएछ ! हो, अब, कहींंकतै नचल्ने भएछ ।

Nepal Telecom ad

नवराज कार्की :

भन्छन् नि भित्ताको पनि कान हुन्छ
कान होला र त सुन्छ
सुन्छ होला र बोल्छ

भित्तो बोलेको नबुझ्नेहरू
कति भित्तामै पुगे
भित्तोले धेरैसित
धेरै कुरा बाँडेको छ
भित्तोले धेरैको, धेरै उछित्तो काढेको छ

हाम्रै घरको साधारण भित्ताकै कुरा गर्छु
त्यहाँ हुजुरबाको फोटो थियो- लाहुरे हुँदाको
हजुरआमाको फोटो थियो- दुलही हुँदाको

छोराको दीक्षान्तको फोटो थियो
उसकी स्वास्नीको फोटो थियो
सबैभन्दा नयाँ, नातिको पास्नीको फोटो थियो
भूकम्पले घर भत्काएपछि पनि
त्यो भित्तो भने ठडिएकै थियो
विना छत पनि त्यो अडिएकै थियो
अरु सबै त भुइँचालाले भत्काएको हो
तर त्यो भित्तोचाहिँ हामीले नै भत्कायौं

हामीले राम्ररी भत्काएको त्यो सानो भित्तोले त
मलाई नराम्ररी भत्काएर गएछ
ठानिरहेको थिएँ
त्यो ढुङ्गामाटोको भित्तो
अब सधैंका लागि ढल्यो
तर त्यस्तो भएनछ,
त्यो भित्तो त मनको भित्तामा पो सरेछ
त्यो अब कहिल्यै नढल्ने भएछ !
हो, अब, कहींंकतै नचल्ने भएछ ।

०००
अगस्ट २०१७
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x