साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वैकल्पिक दुलाहा दुलही

त्यही भएर आजभोलि छोराछोरीको बिहे आँटिएको छ भने वैकल्पिक बेहुला-बेहुलीको व्यवस्था पनि पहिल्यै मिलाएर राख्नुपर्ने हुन्छ । होइनभने कुनबेला कहाँ धोखा खाइन्छ पत्तै हुँदैन ।

Nepal Telecom ad

विश्व शाक्य :

भर्खरैको कुरो हो । मेरा एक हितैषी साथी सपत्नी घर आएका थिए । साथी त्यसमाथि पनि सपत्नी घर आउँदा खुशी लाग्नु स्वभाविक नै हो । साथीसँगको भेट सारै रमाइलो लाग्यो । यस रमाइलो भेटघाटलाई अरू रमाइलो बनाउने क्रममा मैले उसलाई आगामी बैशाखमा कान्छा छोराको बिहे आँटेको बताएँ । यो अप्रत्यासित खुशीको कुरा सुनेर उसकोे मुखबाट अचानक “हो र ?” शब्द निस्क्यो । मैले उसको होमा हो मिलाएँ । मैले होमा हो के मिलाएको थिएँ उसले प्रश्नहरूको पेटारो खोल्न थाल्यो ।

“अनि, केटी कहाँकी ?” उसले सोध्यो । मैले भनेँ- “यहीँ पोखराकी ।”
“मागी बिहे कि केटाकेटी आफैँले रुचाएका ?”
“केटाकेटी आफैँले रुचाएका ।”
“आफ्नै जातवर्गी हुन् कि अन्तर्जातीय ?”
“आफ्नै जातवर्गी ।”

साथीले सोध्दै गयो, मैले जवाफ दिँदै गएँ । अन्तमा उसले “ठीक भयो, ठीक भयो सारै बेश भयो ।” भनेर लामो सास तान्यो । मानौँ ऊ ठूलै युद्ध लडेर आएको छ । क्षणिक मौनतापछि उसले मौनता भङ्ग गर्दै भन्यो- “तिम्रो जिम्मेवारी मात्र होइन ठुलै खड्ग तर्‍यो । आजभोलि छोराछोरीको बिहे त्यत्ति सहज छैन । छोराछोरीको बिहे गरिदिनु भनेको युद्ध लड्नु बराबर हो । कमसेकम तिमीले त्यो युद्ध नलडिकनै विजय प्राप्त गर्‍यौ ।”

वास्तवमै मैले उसको कुरा बुझेको थिइन । मैले कुरा बुझ्ने प्रयासमा भनेँ- “छोराछोरीको बिहे तिमीले भनेजस्तो किन कष्टकर ? छोराछोरीको बिहे सुखद होइन र ?”

“हो, छोराछोरीको बिहे सुखद हो ।” उसले सहमति जनाउँदै भन्यो- “तर जमाना तिम्रो हाम्रोजस्तो रहेन । अब त छोरीको बिहे आँट्नु पर्‍यो भने पनि एउटामात्र केटा हेरेर भएन । त्यस्तै छोराको बिहे गर्नुपर्‍यो भने पनि एउटी मात्र केटी रोजेर भएन । विकल्पमा पनि दुलाहा, दुलही ठीक पारेर राख्नपर्ने भयो ।”

“के कुरा गरेको तिमीले यस्तो ? मैले त छम्कट्टै बुझिन ।” मेरो अनभिज्ञतामा उसले अथ्र्याउँदै भन्यो- “के गर्नु ? समयले यस्तै बनायो । हेर तिमीले व्यहोर्न परेको छैन र तिमीलाई थाहा छैन । आजभोलि छोराको जन्त लगिसकेर पनि वा छोरीको जन्त आइसकेर पनि छोराछोरीको बिहे भैहालिने कुरामा ढुक्क भएर बस्न सकिने स्थिति छैन । के थाहा ? छोरी लिन आउने बेहुलाले नानाथरिका माग राखेर माग पूरा नगरिएमा डोली लाँदैनौँ भन्ने हुन् कि ? त्यस्तो नभनिएको पनि छैन । त्यसैगरी दुलही लिन बाजागाजासहित बेहुला लिएर गयो भरै दुलहीको सिउँदोमा सिंदुर हाल्ने त अर्कै । भयो फसाद ? गर्ने के ? भन्ने के ? दुलहीतिरका परिवारमा अर्की छोरी भए त डोली रित्तै फर्काउन नपर्ला । अर्की छोरी नभएको घर परे बरबाद भएन ? कतिलाई यस्तो भएकै पनि छ । त्यही भएर आजभोलि छोराछोरीको बिहे आँटिएको छ भने वैकल्पिक बेहुला-बेहुलीको व्यवस्था पनि पहिल्यै मिलाएर राख्नुपर्ने हुन्छ । होइनभने कुनबेला कहाँ धोखा खाइन्छ पत्तै हुँदैन । यस मामिलामा तिमी भाग्यमानी रहेछौ ।”

साथीको कुरा सुनेर मेरो आङ् सिरिङ्ग भएर आयो । वास्तवमा कुरा साँचो पनि हो । जमाना पनि यस्तै छ ।

अस्ति भरखरै यस्तै घटना घटित भयो । एउटी केटीको पूर्व प्रेमी रहेछ । बिहे अर्कै केटासँग छिनोफानो भयो । दुलाहा दुलही लिन जन्ती लिएर गयो, दुलहीलाई सिंदुर हाल्न पूर्व प्रेमी आइपुग्यो । दुलाहा हिस्स पर्‍यो । अर्को घटना दुलही लिन दुलाहा आयो । काम कुरो सकियो । दुलही अन्भाउने बेलामा दुलाहाले दाइजोको लागि माग थप्यो । दुलहीको परिवारको त्यो औकात थिएन । हरिबिजोग भयो । गाउँकै एउटा सहृदयी केटा रहेछन् उन्ले यो बिजोग देख्न सकेनन् । बिनादाइजो उनले दुलहीलाई सकारेर लिएर गए । यस अर्थमा म भाग्यमानी रहेछु ।

०००
पोखरा
फित्कौली, १९, (२०६५ असोज)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
धर्मपुराण

धर्मपुराण

विश्व शाक्य
दुई छोटा कविता

दुई छोटा कविता

विश्व शाक्य
लाैराेकाे जात थर

लाैराेकाे जात थर

विश्व शाक्य
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
0
Would love your thoughts, please comment.x
()
x