साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परजीवी !

अब त परजीवी पोल्नलाई आगो बाल्नै पर्ने हो, अँ-हँ पटक्कै सक्दैनौँ, हामीले खुट्टा कमाएका छौँ । संघीयताको विस्तार संगै ह्जारौँ परजीवी थपेर, निर्वस्त्र भई रमाएका छौँ ॥

Nepal Telecom ad

गायत्री परिरोशनी :

आजभोलि परजीवीको संख्या
ह्वात्तै बढेको छ ।
परजीवीहरु
विभिन्न जातका छन् ।
विभिन्न थरका छन्,
विभिन्न घरका छन् ।
परिवार चुस्ने परजीवी,
दल चुस्ने परजीवी
देश चुस्ने परजीवी
सबैको विशेषता
सेम माने उस्तै हुन्छ ॥

रगत चुसेर ढाडिएका
परजीवीहरुलाई,
भएभरको शक्ति प्रयोग गरी,
एकपटक बाहिर फाल्दैमा,
मख्ख पर्न पर्दै-पर्दैन ।
पेट भरि हुनेजेल,
दुई/चार दिन चुप्प लाग्छन् ।
अनि फेरि,
लाज, शर्म,डर,घिन केही नमानी
डहर र नालीको बाटो भएर
पिडौँलाकै रगत चुस्न आउँछन् ॥

परजीवीलाई पन्छाउन भन्दै
धेरै वाद फेरियो ।
काल फेरियो
तन्त्र फेरियो ॥
नीति र सिद्धान्त फेरियो,
अँ-हँ भएका र मिल्नेजति
सबै फेर्दा समेत,
परजीवी मासिएन ।
उसले त छेपारोले झैँ
रङ फेरेर बस्यो,
खुट्टाबाट छिरेको परजीवीले
टाउकोमा पुगेर रगत चुस्दा समेत
उसैलाई हामीले तथास्तु भन्दै छाँै ।
टाउकोमा परजीवी पालेर,
लोकतन्त्रको नारा घोक्दैछौँ ॥

अब त परजीवी पोल्नलाई
आगो बाल्नै पर्ने हो,
अँ-हँ पटक्कै सक्दैनौँ,
हामीले खुट्टा कमाएका छौँ ।
संघीयताको विस्तार संगै
ह्जारौँ परजीवी थपेर,
निर्वस्त्र भई रमाएका छौँ ॥

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x