साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्र ता आएकै हो

अहिले पनि रामस्वरुप धाइरहेको छ उहिले पनि रामस्वरूप कार्ज्यालयमा धाएकै हो हामीले राजा फालेर होलिवाइनको देउता बोलाकै हो साँच्चै भन्छु धरो धर्म नेपालमा गतिलो गणतन्त्र आएकै हो भिमसिने बोको गनाएकै हो ।

Nepal Telecom ad

हाेम सुवेदी :

कति दुःख थियो मैच्याङ्लाई
छोराछोरी हुर्काउन
गाईबस्तु फुकाउन
बिस्कुन सुकाउन
घाँस काट्न र भारी बोक्न
भात पकाउन
खुवाउन प्याउन
तर अब यो सब केही छैन
उ बेला मैच्याङ्ले दुख पाएकै हो
तर आज हाइसन्चो छ
गणतन्त्र ता आएकै हो
भिमसिने बोको गनाएकै हो ।

हुर्किएको छोरो घरमा के बसोस्
आफ्नै मान्छे मार्न
जङ्गलमा किन पसोस्
छोराले कतारबाट बोलाएकै हो
गणतन्त्र ता आएकै हो
भिमसिने बोको गनाएकै हो ।

सिफारिस लिन चारो छर्नै पर्छ
राष्ट्र सेवक हो बाबै राष्ट्रसेवक
उसले तलबमा मात्र कता काम गर्छ
सरकारी कार्यालयमा दिउसै रात पर्छ
विना चारो न यताको फाय उता
न उताको फायल यता सर्छ
को जनता भनाउँदाको काममा मर्छ
चारोको लाठो बेगर कामको फल थोडै झर्छ
तब पो सरकारी राष्ट्रसेवकले काम गर्छ
अहिले पनि रामस्वरुप धाइरहेको छ
उहिले पनि रामस्वरूप कार्ज्यालयमा धाएकै हो
हामीले राजा फालेर
होलिवाइनको देउता बोलाकै हो
साँच्चै भन्छु धरो धर्म
नेपालमा गतिलो गणतन्त्र आएकै हो
भिमसिने बोको गनाएकै हो ।

कसैले शङ्का नगर्नू
हाम्रोमा गतिलो गणतन्त्र आएकै हो
भिमसिने बोको गनाएकै हो ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x