साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकार ! लु , मलाई फाँसी दे ! सरकार !

सरकार, तैँले लामो हात गरेको पनि मलाई चित्त बुझ्दैन तैँले आँखा तरेर हेरेको पनि मलाई मन पर्दैन तुइनमा झुण्डिएरै पनि तेरै जिन्दावाद गर्नेहरूलाई भ्युटावरबाट आँखा च्यातेर हेर्छस् र मक्ख पर्छस् तँ ।

Nepal Telecom ad

भाेजराज  रेग्मी मुखाले :

तँलाई काँधमा बोक्ने आज म अक्करेभीरमा छु
र पनि तँलाई बिन्दास देखेर म साह्रै पीरमा छु
मैले पुल्पुल्याएको ए, मेरो सरकार !
तेरै बुद्धि पगाल्ने गरी
मेरो पीर पखाल्ने गरी
एकफेर भए पनि गड्गडाएर हाँसी दे ।

तँ कुम्भकर्ण निदाइरहन्छस्
म घचघच्याइरहन्छु तँलाई
तँ गलगिद्ध हुन्जेल घिचिरहन्छस्
भुँडी फुटेर मर्लास् भनेर
म कराइरहन्छु तँलाई
सरकार ! म साह्रै खराब छु, मलाई फाँसी दे !

सरकार,
तैँले लामो हात गरेको पनि मलाई चित्त बुझ्दैन
तैँले आँखा तरेर हेरेको पनि मलाई मन पर्दैन
तुइनमा झुण्डिएरै पनि तेरै जिन्दावाद गर्नेहरूलाई
भ्युटावरबाट आँखा च्यातेर हेर्छस् र मक्ख पर्छस् तँ
तेरो ताल देखेर मेरो आक्रोशको हिमताल फुट्न खोज्छ
र, त्यही ताल फुट्ला र आफ्नो सर्वस्व बगाउला कि भनेर
ठूलो बाँध हाल्न मालिकहरूसँग लुब्ध हात पसार्दैछस् तँ

र, म तँलाई खबरदारी गर्दैछु
तँचाहिँ मसँग खातिरदारी खोज्छस्
ए , मेरो पात्तिएको सरकार !
म साह्रै खराब देखिएँ, मलाई फाँसी दे !

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
छोप्ने भर्सेस् देखाउने

छोप्ने भर्सेस् देखाउने

भोजराज रेग्मी ‘मुखाले’
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x