साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यिनीहरू खान्छन्

योजना बनाएर आएका छन् दिए मिलाएर खान्छन् नदिए रिसाएर खान्छन् उघारेर खान्छन् उधारेर खान्छन् जे जसरी भएपनि यिनीहरू खानकै लागि जन्मेका हुन् खान्छन् ।

Nepal Telecom ad

भोलानाथ सुवेदी :

यिनीहरू खान जन्मेका हुन्
खान्छन्
कोही हाँसेर खान्छन्
कोही रोएर खान्छन्
कोही धोएर भन्छन्
नारा लगाएर खान्छन्
दारा किटेर खान्छन्

खानकै लागि लाल सलाम आउँछ
खानकै लागि जय नेपाल आउँछ
खानकै लागि राजावादी हुन्छन्
खानकै लागि गणतन्त्रवादी हुन्छन्

अनेक चटक गरेर
रूप रङ धडेर
खाना आएका छन्
यिनीहरु सित्तै पाए भने
भोक नभए पनि
बान्ता नहुन्जेल खान्छन्
अर्काको भाग खोसेर खान्छन्

रोग नभए पनि
रोगी बनेर खान्छन्
माग्न नसके जोगी भनेर खान्छन्
यिनीहरू गोजी भर्न आएका हुन्
घुमाएर मिलाएर खान जानेका छन्

कोही क्वाप्प खान्छन्
कोही सुलुक्क निल्छन्
जति खाए पनि
डकार छोड्दैनन्
बिगार आफ्नै भएपनि
दोष अरुलाई थुपार्छन्

यिनीहरू
योजना बनाएर आएका छन्
दिए मिलाएर खान्छन्
नदिए रिसाएर खान्छन्
उघारेर खान्छन्
उधारेर खान्छन्
जे जसरी भएपनि
यिनीहरू खानकै लागि
जन्मेका हुन् खान्छन् ।

०००
(९८४३०५४१६१)
ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ओल्ड इज गोल्ड

ओल्ड इज गोल्ड

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x