साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (४०)

यिनैका बलले गर्दा सोझा थिच्छु कुनैदिन प्रयोग यिनको गर्दै जान्दछु फाइदा लिन । मेरो यो कर्म देखेर औँला उठाउँछौ किन मान्छे चुनावमा चिन्छु जिते पटक्क चिन्दिनँ ।।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

बाजेले मान्दथे जेजे बाबुले छोड्नु पर्दछ
हामी सर्वाङ्गनै हुन्छौँ संस्कार मोड्नु पर्दछ (५११)

हिजो लाज थियोे धेरै आज सक्यौँ घटाउन
लाज त्याग्दै गएकाछौँ नाङ्गो संस्कार ल्याउन (५१२)

पराईका इशारामा नाच्तै नाक ठड्याउन
धरोधर्म म लाग्नेछु पराईनै रिझाउन (५१३)

गीता वेद पढी ज्ञान कसरी हुन्छ आर्जन
आफ्नो संस्कारको खेदो खन्न थालिन्छ बेस्कन (५१४)

सबै सुल्टो निमोठेर उल्टो कर्म गराउँदै
देशबासीहरू भेडा, बाख्रा सम्झी चराउँदै (५१५)

खोले ,घाँस भने आफै खान बसिन्छ आसमा
पशु कोहो चिने हुन्छ लोभिन्छु म त घाँसमा (५१६)

मेरो पारा अनौठो छ बेग्लै बन्न रुचाउँछु
छेउटुप्पो अरु खान्छन् म फेदैमा चपाउँछु (५१७)

सोझा राम्रा सबैलाई भ्याएसम्म लडाउँछु
जे हुन्छ जसरी हुन्छ आफ्नो भुँडी बढाउँछु (५१८)

पूरा गर्छु सधैं धर्म आश्वासन दिनै पर्‍यो
एक्लै मोज गरौँ लाग्दा मान्छे हात लिनै पर्‍यो (५१९)

अव्यवस्था सबै पाल्छु र व्यवस्था चलाउँछु
धरोधर्म जितौँ मात्रै कोको दल्छु दलाउँछु (५२०)

म आफ्नै घरको गारो फोर्छु दैलो फुटाउँछु
भण्डार ढुकुटी आफ्नै पेवा ठान्छु मुठ्याउँछु (५२१)

काँचुली देशको हैन आफ्नै फेर्न रुचाउँछु
खन्चुवा योजना गर्छु विकासे गीत गाउँछु (५२२)

बाङ्गासाथ लिने मैहुँ सोझा बङ्ग्याउँला कतै
गुन्डा चोरहरू प्यारा लाग्छ भन्छु बरा कठै (५२३)

यिनैका बलले गर्दा सोझा थिच्छु कुनैदिन
प्रयोग यिनको गर्दै जान्दछु फाइदा लिन (५२४)

मेरो यो कर्म देखेर औँला उठाउँछौ किन
मान्छे चुनावमा चिन्छु जिते पटक्क चिन्दिनँ (५२५)
क्रमशः

०००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x