शेषराज भट्टराईचाकरीकाे कमी
मेरो देवाधिदेव मेरो सर्वस्व मेरो माता मेरो पिता हजुरलाई म मेरो हृदयबाट कसरी पन्छाउँ ? यति पूजापाठ गर्नुस् र पुरस्कार याेग्य पात्रमा नाम दर्नुस् ।

शेषराज भट्टराई :
उहाँ याेग्य मात्रै चाकरी कम भयो
कृति उत्तम मात्रै चाकरी कम भयो
लेखाइ उस्तै स्वादिष्ट चाकरी कम भयो
करी त खाकै हाे मात्रै चाकरी कम भयो ।
भलाकुसारी छैन
सुशारी मुसारी छैन
घुसारी खुट्टाे पसारी छैन
निरस यस्तो पात्रकाे पाराले
पुरस्कार कहाँ दिन्छन् साराले।
थपक्क चाकरीकाे खाता खाेल
आजै भलाकुसारीकाे ओपनिङ गर
सारा काम थाती राखेर
सुसारी मुसारी
खुट्टाे पसारी
ङिच्चाराम
खिच्चाराम
उनकै पिच्छाराम गरेर भए पनि
पुरस्कारका लागि साँच्चै
पत्याउने बन
र भन
हजुर असाध्यै मनकारी
हजुर नै सर्वेसर्वा
अबुझहरु नचिनेर नै गणेश स्तुति गर्छन् ।
मेरो देवाधिदेव
मेरो सर्वस्व
मेरो माता
मेरो पिता
हजुरलाई म
मेरो हृदयबाट कसरी पन्छाउँ ?
यति पूजापाठ गर्नुस्
र
पुरस्कार याेग्य पात्रमा नाम दर्नुस् ।
०००
पाेखरा ।
हाल- कृष्चर्च, हाेनहे राेड न्युजिल्यान्ड ।
Subscribe
Login
0 Comments
Oldest







































